काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
प्रेस युनियनको १ लाख बढी सहयोग
काभ्रे : नेपाल पत्रकार महासंघ काभ्रे शाखाले कोरोना संक्रमणको जोखिमबीच सक्रिय रहेका सञ्चारकर्मीलाई विपदमा सहयोग गर्न स्थापना गरेको ‘कोरोना तथा आपतकालीन कोष’मा रकम जम्मा हुन थालेको छ। नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले कोषमा हालसम्म ७ लाख ५९ हजार रुपैयाँ जम्मा भएको जानकारी दिए।
महासंघ काभ्रे शाखाका अध्यक्षका अनुसार सुरुमा ५ लाखबाट स्थापना गरिएको आपतकालीन राहत कोष पछिल्लो समय दुई लाख ५९ हजार सहयोग प्राप्त भएसँगै सो रकम जम्मा भएको हो।
अध्यक्ष तिमल्सिनाले कोरोनाको दोस्रो लहरबाट काभ्रेमा समेत पत्रकारहरु संक्रमित हुने क्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकटलाई हेरेर कोष स्थापना गरिएको बताए।
‘पत्रकारको आवश्यक स्वास्थ्य सामग्री, खाद्यान, औषधोपचार तथा आपतकालीन अवस्थालगायतमा कोषको रकम प्रयोग हुनेछ,’ उनले भने, ‘कोरोना महामारीका बेला जिल्लामा क्रियाशील संचारकर्मीलाई आफू सक्रिय रहेको पेसा र संस्थाबाट राहत महसुस गराउन सकोस् भन्ने उद्देश्यले कोषको स्थापना हो।’
कोषमा पत्रकारलगायतका विभिन्न संघसंस्था, व्यवसायीले सहयोग गरेका छन्। महासंघ काभ्रे शाखाका अध्यक्ष तिमल्सिनाले १० हजार, प्रदेश परिषद् सदस्य कविता शर्माले १० हजार, दिपक गौतमले १५ हजार, व्यवसायी चन्द्र हुमागाईं, कृष्णहरि आचार्यले १०÷१० हजार, पत्रकार प्रल्हाद शर्मा हुमागाई, सन्तोष न्यौपाने, त्रिमुर्ती डेभलपर्स र भोला भट्टराईले ५ हजार सहयोग गरेका छन्।
त्यस्तै, व्यवसायी ज्ञानेन्द्र खड्काले ५० हजार, पनौतीका पोल्ट्री व्यवसायीको तर्फबाट ५० हजार, नमोबुद्ध नगरपालिकाले २५ हजार ५ सय २५, रोशी गाउपालिकाले २५ हजार, लक्ष्मी प्रतिष्ठानले २५ हजार सहयोग गरेका छन्।
अध्यक्ष तिमल्सिनाले कोष सहयोग आउने क्रम जारी रहेको र केही व्यक्ति तथा संघसंस्थाले पनि सहयोगको लागि प्रतिबद्धता जनाएको बताए। यसअघि महासंघले जिल्ला सक्रिय पत्रकारहरुका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरी स्वास्थ्य सुरक्षा सामाग्रीसमेत वितरण गरिसकेको छ।
कोषमा प्रेस युनियनको सहयोग
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले स्थापना गरेको कोरोना तथा आपतकालीन कोषमा नेपाल प्रेस युनियन काभ्रे शाखाले १ लाख बढी सहयोग गरेका छन्। मंगलबार प्रेस युनियन काभ्रे शाखाले कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ रकम सहयोग गरेका हुन्।
प्रेस युनियनका अध्यक्ष कपिल कोइरालाले युनियन काभ्रे शाखाका सदस्यहरुबाट संकलित रकम महासंघ काभ्रे शाखाको अध्यक्ष तिमल्सिनालाई हस्तान्तरण गरिएको जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।