समाज

डिएसपीले पसले कुटपिट गरेको घटना छानबिन हुने, सिसिटिभी फुटेज बाहिरियो

बुट र लौरोले हिर्काउँदै गरेको फुुटेज बाहिरिएपछि सर्वत्र आलोचना

जेठ १३, २०७८

    जनकपुरधाम : वीरगन्जको एक सर्जिकल पसलका कर्मचारीमाथि डिएसपीले कुटपिट गरेको घटनाको छानबिन गर्न २ नम्बर प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रह्लाद कार्कीले बुधबार वीरगन्ज –८ आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसमा पसेर कार्यरत एक कर्मचारीलाई बुट र लौरोले जथाभावी हिर्काएका थिए। डिएसपीले कुटेको सिसिटिभी फुटेज बाहिरिए पछि प्रहरीको सर्वत्र आलोचना भइ रहेको छ।

    यस्तो थियो घटना

    बुधबार बिहान १० बजेर २१ मिनेटमा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रह्लाद कार्कीले सर्जिकल पसलमा प्रवेश गरी त्यहाँका कर्मचारी विरगंज छपकैया निवासी अफरोज अहमदलाई निर्घात कुटपिट गरेका थिए।

    डिएसपीले अहमदले आफ्नो भिडियो खिचेको आरोपमा पसल भित्रै छिरेर बुट र लाठीले निर्घात कुटपिट गरे। पसलमा सिसिटिभी जडान रहेको बारे डिएसपीले ख्याल गरेनन्।

    प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले सर्जिकल हाउसको छेउमै रहेको किराना पसल बन्द गराउने क्रममा अहमदले भिडियो खिचेको आरोपमा डिएसपीले कुटपिट गरेको बताए। पटेलले भने, ‘डिएसपीले अहमदलाई लाठी र बुटले हिर्काएर घाइते बनाउनुको साथै उसको मोबाइल समेत खोसेर लग्यो।’

    वीरगन्जमा अहिले कोरोना रोकथामका लागि निषेधाज्ञा जारी छ। बिहान ८ बजेसम्म मात्र तरकारी तथा खाद्यान्न पसल खोल्न दिने प्रशासनले अनुमति दिएको छ। डिएसपी कार्कीको टोली गस्तीमा निस्किएको क्रममा सर्जिकल हाउस छेउको किराना पसल खुला नै रहेको देखे र उनको टोलीले पसलेलाई कुटपिट गर्दै बन्द गराउन थाले।

    सर्जिकल पसल सञ्चालक पटेलले भने, ‘त्यति नै बेला अहमद सर्जिकल पसलमा बसेर साथीसँग भिडियो कलमा कुरा गर्दै थिए, प्रहरीलाई लाग्यो कि उनले किराना पसलेलाई कुटेको भिडियो बनाउँदै छ। अनि बिना कुनै सोधपुछ डिएसपीले पसलमा छिरेर अहमदलाई निर्घात कुटपिट गरे।’

    सर्जिकल हाउससभित्र छिर्दै डिएसपीले ‘प्रहरीको ज्यादतीको भिडियो खिचेर भाइरल गर्ने’ भन्दै अहमदलाई बुट र लाठीले हिर्काइरहेको सिसिटिभी फुटेजमा रेकर्ड भएको छ।

    नेपाल पत्रकार महासंघका केन्द्रिय समितिका सचिवसमेत रहेका वीरगन्ज निवासी दिपेन्द्र चौहानले भिडियो खिच्यो भन्दैमा त्यसरी अमानवीय तरिकाले कसैलाई कुटपिट गर्नु उचित नभएको भन्दै उनले भने, ‘कानुनअनुसार कारबाही गरे भइहाल्थ्यो, कुटपिटबाट घाइते अहमदलाई उपचार गराउनुपर्ने स्थिति आएको छ।’ उनले दोषीलाई कारबाहीको माग गरे।

    अहिले त्यसरी कुटपिट गर्ने डिएसपीलाई कारबाहीको माग सबैतिरबाट उठेपछि २ नम्बर प्रदेश प्रहरी कार्यालयले घटनाबारे छानबिन गर्न समिति गठन गरेको प्रवक्ता कृष्ण प्रसाईले जनाए।

    प्रवक्ता प्रसाईका अनुसार उनकै नेतृत्वमा .गठित ३ सदस्यीय छानबिन समितिले अनुसन्धान कार्य प्रारम्भ गरेको र अनुसन्धानको क्रममा दोषी देखिए प्रहरी नियमावलीबमोजिम कारबाही गरिने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]