काठमाडौँ : झापास्थित बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले ...
रुकुम (पूर्व) : रुकुम पश्चिममा झण्डै दश हजार एन्टिजेन किट आइपुगेको छ।
कोरोना परीक्षणका लागि एन्टिजेन किट अभाव भइरहेका बेला पछिल्लो पटक ठूलो मात्रामा एन्टिजेन किट प्राप्त भएको हो। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयबाट रुकुम पश्चिमका लागि मात्रै ९ हजार ७ सय ७५ थान किट आइपुगेको छ।
कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री विमला केसी, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का लगायतको टोली उक्त एन्टिजेन लगायतका सामग्री लिएर रुकुम पश्चिम आएका हुन्। रुकुम पश्चिममका स्थानीय तह, स्थानीय तहले सञ्चालन गरिरहेको आइसोलेसन, जिल्ला अस्पताल लगायतको अवस्था अवलोकन, अनुगमनमा आएको उक्त टोलीले आधारभूत स्वास्थ्य सामग्री पनि ल्याएका छन्।
एन्टिजेन किटसँगै ४० लिटर क्षमताका १२ वटा अक्सिजन सिलिन्डर, २ सय थान एन नाइन्टी फाइभ मास्क, ४ हजार ५ सय सर्जिकल मास्क जिल्लामा आएको छ। ५० थान झुल, १२ थान कम्बल पनि ल्याएका हुन्।
उक्त सामग्री स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण गरिएको छ। आवश्यकताका आधारमा उक्त सामग्री जिल्ला अस्पताल वा स्थानीय तहका आइसोलेसनमा प्रयोग गर्न सकिने डाक्टर खड्काले बताए।
३० बढी प्रकारका औषधि जिल्ला अस्पतालमा प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए। प्राप्त किट जिल्ला अस्पताल तथा जिल्लाका सबै स्थानीय तहमा पठाएर परीक्षणको दायर बढाइने बुढाथोकीले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।