११४ जनाको मृत्यु, ४७ सय ६२ संक्रमित थपिए
जेठ १७, २०७८
काठमाडौं : देशभर ४ हजार ७ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्।
गत २४ घण्टामा १५ हजार ५५५ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार १ सय ७८ र २ हजार ४ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा १ सय १४ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय ९१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घट्दै गएको छ।
आज १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।