समाज

सैनिक जवानले रगत दिएर बचाइन् सुत्केरीको ज्यान

जेठ १९, २०७८

    जनकपुरधाम : कोरोना संक्रमणको दोश्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा रगतको अभाव भएको बेला नेपाली सेनाका एक महिला सैनिक जवानले रगत दिएर एक जना सुत्केरी महिलाको जीवन रक्षा गरेकी छन्।

    सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नंं २ बस्ने  रिना देवी गुप्ता सुत्केरी हुने क्रममा शरीरबाट अत्यधिक रक्तश्राव भई  गम्भीर अवस्थामा  श्रीराम अस्पतालमा उपचारार्थ थिइन्।

    उनको परिवारजनले रगत नपाएर निरास भएको अवस्थामा नेपाली सेनाको धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणमा कार्यरत सैनिक जवान मनिका तामाङले रगत दिएर ज्यान जोगाएकी हुन्। 

    समयमा सुत्केरी महिलालाई रगत उपलब्ध नभएको भए जुनसुकै बेला ज्यान जाने खतरा रहेको बेलामा नेपाली सेनाले गरेको रक्तदानको अस्पतालका चिकित्सकहरु, स्वास्थ्यकर्मी एवं नर्सहरुले सराहना गरेका छन्।  

    सुत्केरी महिलाको जीवन रक्षा गर्ने कामको सुत्केरी महिला र उनका परिवारजनले नेपाली सेनाको जवानप्रति धन्यवाद दिँदै नेपाली सेनाको मानवीय कार्यमा भएको योगदानको प्रशंसा गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]