राजनीति

महतोको अभिव्यक्तिप्रति एमालेका १५ नेताको विरोध

जेठ २२, २०७८

    काठमाडौं : उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोको अभिव्यक्तिप्रति नेकपा एमालेका १५ नेताले विरोध गरेका छन्।

    माधव कुमार नेपालसहितका १५ नेताले शनिबार एक संयुक्त वक्तव्य जारी गरी महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै नेताहरुले आपत्ति जनाएका छन्।

    विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनःदोहोर्‍याई राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ।

    ‘यस्तो अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपाल राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध रहेको ठहर गरिएको छ’ विज्ञप्तिमा भनिएको छ।

    महतोको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नुपर्ने माग पनि नेताहरुले गरेका छन्। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]