समाज

सहिदभूमिका ५५ परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग

जेठ २३, २०७८

    धनकुटा : सहिदभूमि गाउँपालिका–७ का ५५ घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ। प्रवासमा रहेका त्यस ठाउँका बासिन्दाहरुको संस्था ‘साप्तिङटार प्रवास ग्रुप’ले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको हो। 

    ग्रुपका संयोजक मिलन छिलिङ राईको नेतृत्वमा टेकबहादुर भण्डारी, अर्जुन विसी, वीरबहादुर मगरले १५ सय किलो चामल, १०० किलो दाल, ६० किलो तेल र ६० किलो सहयोग गरेका हुन्। यस्तै, सर्जिकल मास्क २ हजार ५०० थान, कोरियन मास्क १ हजार ५०० थान, सेनिटाइजर १०० लिटर, थर्मलगन ८ थान, पिपिइ, फेससिल्ड ग्लोब्स सहयोग गरिएको सहयोगमा समन्वय गरेका पूर्णबहादुर राईले बताए। 

    ती सामानबाहेक स्थानीय सिंहदेवी मावि र जनकल्याण बोर्डिङलाई १÷१ थान थर्मल गन वितरण गरिएको र विद्यालय सञ्चालनमा आएपछि मास्क तथा सेनिटाइजर वितरण गरिने जानकारी दिए। प्रवासबाट रकम संकलन गरेर खरिद गरिएका स्वास्थ्य सामग्री र खाद्यान्न स्थानीय पूर्णबहादुर राई, रामकुमार राई र साजन राईले समन्वय गरेर हस्तान्तरण गरेका हुन्।

    कोरोना संक्रमणको अवस्था दैनिक बढीरहेकाले जापानमा रहेर केही सहयोग गरौं भनेर हालसम्म संकलित २ लाख २५ हजार बराबरको स्वास्थ्य सामग्री र खाद्यान्न खरिद गरिएको अभियानका संयोजक तथा साप्तिङटार प्रवास ग्रुपका संयोजक मिलन छिलिङ राईले जानकारी दिए। उनले अहिले पनि प्रवासबाट रकम संकलनको काम भइरहेकाले यसपछि संकलित रकमबाट पुन सहयोग गरिने जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]