काठमाडौँ : दोस्रोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिना नपुग्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उ...
पर्सा : वीरगञ्ज उद्योग वाणिज्य संघले नारायणी अस्पतालमा बाल संघन चिकित्सा इकाई (पिआइसियु) निर्माण गरेको छ। तेस्रो लहरको कोरोना आउन सक्ने आँकलन गर्दै संघले बालबालिका लक्षित पिआइसियु कक्ष निर्माण गरेको हो।
कुल ३० शय्याको पिआसियु कक्ष निर्माण सम्पन्न गरी संघले आइतबार अस्पताललाई हस्तान्तरण गरेको छ। अक्सिजन पाइप जडान गर्न बाँकी रहेको कक्षमा संघले नै चारवटा एसी पनि जडान गरिदिएको छ। नारायणी अस्पतालमा कोरोना संक्रमितका लागि कुल १२५ शय्या मात्र थिए। तेस्रो लहर आए बालबालिका बढी संक्रमित हुन सक्ने आँकलन गर्दै संघले अस्पतालकै माथिल्लो तलामा बाल सघन चिकित्सा इकाई (पिआइसियु) कक्ष बनाइदिएको संघका अध्यक्ष सुवोध गुप्ताले बताए।
यो पिआइसियु कक्ष निर्माणमा वीरगञ्ज उद्योग वाणिज्य संघ र केही उद्योगी व्यवसायीको व्यक्तिगत सहयोग पनि रहेको संघका अध्यक्ष गुप्ताले बताए। कुल २५ लाख लागत लागेको उनको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।