राजनीति

हामीविरुद्ध फेरि अनर्गल प्रचार सुरु भयो : भुसाल

जेठ २४, २०७८

    काठमाडौं : नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहका नेता घनश्याम भुसालले आफूहरु विरुद्ध फेरि अनर्गल प्रचार सुरु भएको बताएका छन्। 

    आफूहरुले एकताको कुरा गर्दा आत्मसमर्पण र विवादको कुरा गर्दा विभाजनका रुपमा व्याख्या गर्ने एउटा समूह नै खडा भएको उनको दाबी छ। 

    ‘पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो। पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ती योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरू नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु ।’

    उनले फेसबुकमा लेखेका छन्, ‘आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरू सर्पबाटै टोकिएका छन् ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]