राजनीति

प्रदेश २ मा सत्ता साझेदारीका लागि कांग्रेसले बराबरी खोज्यो

माओवादी केन्द्रलाई पनि एक मन्त्री र एक राज्यमन्त्री !

जेठ २४, २०७८

    जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा सत्ता साझेदारीका लागि नेपाली कांग्रेसले बराबरीको भाग माग गरेको छ। सरकारमा सहभागीका लागि कांग्रेसले कुल मन्त्रालयको आधा मन्त्रालय दिनुपर्ने प्रस्ताव अघि सारेको हो।

    जसपा अध्यक्ष उपेन्द्र यादव समूहले महन्थ ठाकुर पक्षका ४ जना मन्त्रीलाई आइतबार राति बर्खास्त गरी सरकारमा कांग्रेसलाई सहभागी गराउन छलफल थालेको हो।

    सत्ता साझेदारी सम्बन्धमा वार्ताको लागि सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, समाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन गरेका छन्।

    सरकारी वार्ता टोली र कांग्रेसको तर्फबाट सचेतक कुशवाह, प्रदेश सांसद शिवचन्द्र चौधरी र वीरेन्द्र सिंहबीच आज बिहान भएको पहिलो चरणको वार्तामा कांग्रेसले ५० प्रतिशतको भाग खोजेको बताइएको छ।

    सरकारमा सहभागी हुने विषयमा जसपाका मन्त्रीहरूसँग पहिलो चरणको छलफल भएको नेपाली कांग्रेस प्रदेश २ का सचेतक उपेन्द्र कुशवाहाले बताए। उनले पहिलो चरणको छलफलमा मन्त्रालय टुक्रयाएर सत्ता साझेदारीका लागि मन्त्रालय बाँडफाँटका सन्दर्भमा छलफल भएको जानकारी दिए।

    शक्ति सन्तुलनको हिसाबमा तत्कालीन राजपा र समाजवादीबीच गठबन्धन भएजस्तै मोडेलमा कांग्रेस जान खोजेको छ। 'तर, कुन मन्त्रालय लिएर कसलाई सरकारमा पठाउने विषय संसदीय दलको नेता र केन्द्रीय नेताले तय गर्ने हो,’ कुशवाहाले भने।

    त्यसैगरी सरकारले कुन कुन मन्त्रालय टुक्रयाउने आज साँझ पुनः हुने वार्तामा टुंगो लाग्ने बताइएको छ।

    त्यस्तै माओवादी केन्द्रलाई पनि एक मन्त्री र एक राज्यमन्त्री दिने बताइएको छ। यद्यपि त्यसबारे टुंगो लागिसकेको छैन। प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनुअघि नै मन्त्रिमण्डल पुनर्गठनको तयारी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]