राजनीति

प्रदेश २ : पूर्व-राजपा पक्षद्वारा संसद् बैठक बहिष्कार

जेठ २४, २०७८

    जनकपुरधाम : प्रदेश–२ को सोमबारदेखि सुरू भएको प्रदेशसभा बैठकमा पूर्व राष्ट्रिय जनता पार्टी –राजपा_ का सांसद अनुपस्थिति जनाइ वहिष्कार गरेका छन्।

    पूर्व-राजपाका सांसदहरुको सोमबार बसेको बैठकले प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठकमा सहभागिता नजनाउने निर्णय गरेपछि उनीहरू बैठकमा अनुपस्थित भएका हुन्।

    जसपाभित्रको पूर्व-समाजवादी पक्षले एकतर्फी रुपमा संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको निर्णय सच्चयाउनुपर्ने पूर्व-राजपा पक्षको माग छ।

    पूर्व-समाजवादी पक्षले राउतलाई संसदीय दलको नेता चयन गर्दै पूर्व राजपाबाट मन्त्री बनेका जितेन्द्र सोनल सहित राज्य मन्त्रीहरु डिम्पल झा, सुरेश मण्डल र अभिराम शर्मालाई बर्खास्त गरेको छ।

    पूर्व-राजपा पक्ष सपाले मनमानी तरिकाले पार्टी विधानविपरीत संसदीय दलको नेता चयन गरेकाले आफूहरु प्रदेशसभाको बैठकमा सहभागी नहुने पूर्व राजपाका सचेतक परमेश्वर साहले जानकारी दिए। उनले अवैधानिक तरिकाले गरेको निर्णय नसच्याएसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]