काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
सुर्खेत : कर्णाली प्रदेशको कालिकोट जिल्लामा पहिलो पट्क राष्ट्रिय विद्युत प्रसारण लाइन जोडिएको छ। दैलेखको दुल्लुबाट ११ केभी विद्युत् लाइन विस्तार भएसँगै कालिकोट राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको हो।
सोमबार रातिदेखि कालिकोटमा राष्ट्रिय विद्युत् लाइन पुगेको कालिकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले बताएका छन्। कालिकोटमा सोमबार राति १० बजे मात्रै लाइन छोडिएको हो।
जोशीका अनुसार तत्काललाई ११ केभीए मात्रै लाइन प्रसारण भइरहेको र एक हप्ताभित्र ३३ केभीए प्रसारण पुर्याउने तयारीका लागि ३३ केभीए विद्युत् पुर्याउन दैलेख–दुल्लु खण्डमा काम जारी रहेको बताए।
राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेसँगै कालिकोटमा लोडसेडिङ कम हुनुका साथै उपभोक्तालाई राहत मिलेको छ। यसअघि कालिकोटको मान्म बजार क्षेत्र र आसपासमा जेनेरेटरबाट विद्युत् वितरण गरिने गरिन्थ्यो।
‘पहिले आलोपालो गरेर दिनमा ६ घण्टा मात्रै विद्युत् छोड्थ्यौं,’ वितरण केन्द्रका प्रमुख जोशीले भने, ‘हिजोदेखि लोडसेडिङको अन्त्य भएको छ,' अब २४ घण्टा बत्ति आउँछ।’
गत वर्षसम्म कालिकोटमा पोतमारा जलविद्युत केन्द्रबाट विद्युत् वितरण हुँदै आएको थियो। उक्त पावरहाउस बाढीले बगाइदिएपछि मान्ममा विद्युत् समस्या देखिएको थियो। हाल कालिकोटमा ३८ सयभन्दा बढी ग्राहक छन्।
कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला र डोल्पामा अझै राष्ट्रिय विद्युत लाइन पुगेको छैन। हाल कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ऊर्जामन्त्री हुँदा विद्युत् राष्टिय प्रसारण लाइन साविकको कर्णालीमा जोड्न पहलसमेत थालेका थिए।
त्यसपछि कर्णालीको मुख्यमन्त्री पदको पदभार ग्रहण गरेपछि शाहीले पहिलो निर्णय साविकको कर्णालीका ५ जिल्लामा विद्युत् राष्ट्रिय प्रसारण लाइन पु–याउने निर्णय गरेका हुन्।
उक्त निर्णायप्रश्चात् ४ वर्षपछि कालिकोट सदरमुकाम मान्म उज्यालो भएको भन्दै मुख्यमन्त्री खुसीसमेत व्यक्त गरेका छन्। दोश्रो संविधानसभा सदस्य एवं तत्कालीन ऊर्जामन्त्री (हाल कर्णाली प्रदेशका मुख्यमन्त्री रहेका) महेन्द्रबहादुर शाही तत्कालीन कर्णाली क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलो पटक २०७४ साउन १२ गते ऊर्जा मन्त्री बनेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।