पछिल्लो १० वर्षमा ३६ हजार आप्रवासीले डुबेर ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ। भएको बताएको छ। १० वर्षमा डुबेर मृत्यु हुने आप्रवासीक...
क्यानाडामा पाकिस्तानी मुलका चार व्यक्तिको ट्रकले कुल्चेर ज्यान गुमाएपछि प्रधानमन्त्री इमरान खानले पश्चिमी देशहरूमा 'इस्लामिकोफिया' एकदम छिटो र खतरनाक रूपमा बढ्दै गएको बताएका छन्। प्रधानमन्त्री खानले उक्त घटनामा दुःख व्यक्त गरेका छन्।
आइतबार आफ्ना मुलका नागरिकको मृत्यु भएपछि खानले उक्त घटनाको भर्त्सना गरेका छन्। उक्त घटनामा मृत्यु हुनेमा डाक्टर, उनकी श्रीमती, आमा र १५ वर्षीया छोरी छन्। ९ वर्षीय छोरो भने सुरक्षित छन्।
क्यानडाको एक नागरिकलाई हत्याको आरोपमा पक्राउ गरिएको छ। घटना टोरन्टोबाट २०० किलोमिटर टाढा सिटी अफ लन्डनमा भएको हो। त्यहाँ मिश्रित जनसंख्या छ। जानकारीअनुसार यस क्षेत्रका प्रत्येक पाँचौं नागरिक गैर क्यानाडाली मूलका छन्। अरब देशका नागरिक र दक्षिण एसियाली मुलका नागरिक छन्।
रातको ८ बजे पाकिस्तानी मूलका ती परिवार सडकमा हिँडिरहेका प्रहरीले बताएको छ। यसैबीच कालो रंगको मिनी ट्रकले उनीहरूलाई किचेको थियो। घटनामा संग्लन २० वर्षीय युवा प्रकाउ परेका छन्। उनको परिचय भने खुलाइएको छैन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।