समाज : मिडिया

बिमाले दियो राहतः केसीले पाए पत्रकार दुर्घटना बिमाको दुई लाख

साउन ५, २०७३

    काठमाडौं : नेपाल पत्रकार महासंघले सुरु गरेको पत्रकार दुर्घटना बिमा कार्यक्रमबाट रासस रुपन्देहीमा कार्यरत पत्रकार भरत केसी लाभान्वित भएका छन्। गत जेठ १८ गते सडक दुर्घटनामा घाइते भएका केसीले बिमाबापतको दुई लाख रुपैयाँ पाएका हुन्।

    दुर्घटनापछि औषधीउपचार बापत एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले केसीलाई दुई लाख रुपैयाँ भुक्तानी गरेको हो।

    नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले बुटवलमा गरेको कार्यक्रममा महासंघका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले केसीको स्वास्थ्यलाभको कामना गर्दै रकम हस्तान्तरण गरे। पत्रकार केसीले दुर्घटना बिमा कार्यक्रमले आफूलाई ठूलो राहत भएको बताए।

    महासंघले गत साल मंसिरदेखि सुरु गरेको पत्रकार दुर्घटना कार्यक्रममा १५ सय ७१ जना पत्रकार सहभागी भएका छन्। यसअघि बिमा कार्यक्रममा सहभागी नभएका पत्रकालाई अर्को चरणको कार्यक्रम सुरु गर्ने महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]