राजनीति

प्रमुख तीन दलको बैठक सर्‍यो, १ बजे वानेश्वरमा बस्ने

फाइल फोटो
साउन ७, २०७३

    काठमाडौं : शुक्रबार दिउँसो १२ बजेका लागि बोलाइएको प्रमुख तीन दलको बैठक १ बजेका लागि सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नै बिहान साढे ११ बजे सुरु भएको मन्त्रिपरिषद बैठकमा ब्यस्त भएपछि प्रमुख तीन दलको बैठक सरेको हो।

    सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बोलाइएको बैठक १ बजे संसद भवन वानेश्वरमा बस्ने गरी सरेको सभामुखका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए।  

    संसद खुलाउने विषयमा सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति गर्न प्रमुख नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको बैठक हुन लागेको हो। नेकपा एमालेले बजेट संबन्धी विधेयकहरु पहिले छलफल हुनुपर्ने माग गरेको छ भने कांग्रेस र माओवादीले अविश्वास प्रस्तावबारे छलफल हुनुपर्ने बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]