अर्थ

मन्त्रिपरिषदबाट क्लिन फिड नीति लागू :  के हो क्लिन फिड?, नेपाललाई के फाइदा?

फोटोमा सन्तोष श्रेष्ठ।
साउन ७, २०७३

    काठमाडौं : मन्त्रिपरिषदको शुक्रबारको बैठकले विदेशी टेलिभिजन च्यानलको विज्ञापनमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको छ। मन्त्रिपरिषदले यो नीति पारित गर्नुलाई सरोकारवालाहरुले स्वागतयोग्य भनेका छन्।

    विज्ञापन व्यवसायीहरुले यो नीति लागू भएपछि नेपालमा विज्ञापनको बजार विस्तार हुने आशा गरेका छन्। नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सन्तोष श्रेष्ठले यसलाई लागू गराउन सबैको सहयोगको अपेक्षा गरेका छन्। उनले भने- 'क्लिन फिड नीति पारित हुनु सबैका लागि खुसीको कुरा हो। यो सबैको हिमा छ।'

    क्लिन फिड के हो?

    विदेशी च्यानलहरु विज्ञापन बिनै हेर्न पाइनु क्लिन फिड हो। अब विदेशी च्यानलले प्रशारण गरेको विज्ञापन हुबहु ग्रहण गर्नुपर्ने हुँदैन। श्रेष्ठका अनुसार  अब सबै विदेशी च्यानल विज्ञापनरहित हुनेछन्। विज्ञापन नेपाली मिडियाबाटै गर्नुपर्छ।

    नेपाली विज्ञापन बजारमा कति प्रभाव पार्छ?

    यसले विज्ञापन बजार धेरै फराकिलो बनाउने श्रेष्ठ बताउँछन्। अहिले पाँच अर्ब रुपैयाँको विज्ञापन बजार हो हाम्रो। यसले कारोवार अर्ब रुपैयाँले बढाउँछ।

    विदेशी संस्कृतिको ठाडो हस्तक्षेप रोकिनेछ। मुख्य कुरा त दर्शकलाई नै सुविधा हुनेछ। विज्ञापन कारोवार बढेपछि रोजगारी अवसर बृद्धि हुन्छ। अर्थतन्त्रमा योगदान पुग्नेछ।

    यसबाट फाइदा कसकसलाई हुन्छ?

    मुख्य फाइदा त टेलिभिजन च्यानलहरुलाई नै हो। अरु मिडियालाई पनि विज्ञापन बढ्नेछ। विज्ञापन एजेन्सीका लागि स्रोत विस्तार हुनेछ। हामीले भनेजस्तो विदेशी कलाकारको डबिङको सट्टा स्वदेशमै विज्ञापन बनाए कलाकार तथा प्राविधिकलाई समेत फाइदा पुग्नेछ ।

    स्वदेशी उत्पादनलाई बढाउँछ: आनका पूर्वअध्यक्ष राजकुमार भट्टराई

    विदेशी टेलिभिजनमा क्लिन फिड नीति लागू गर्ने निर्णय स्वागतयोग्य कदम हो। यो हाम्रो धेरै वर्षअघि देखिको माग पनि हो। हामीले पटकपटक सरकारलाई झक्झकाएको पनि हो, तर निर्णय हुन सकेको थिएन, आज भयो।

    तर हामीले फरकफरक मोडल सरकारलाई दिएका थियौं। कस्तो प्रकारको आयो त्यो अझै स्पष्ट भइसकेको छैन। अन्तर्राष्ट्रिय मान्यता अनुरुपको हुनुपर्छ भन्ने हाम्रो मान्यता हो तर यो आउनु नै ठूलो कुरा थियो। अब स्वदेशी उत्पादनलाई पनि यसले बजार बृद्धि गर्न सहयोग पुग्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]