समाज

मुग्लिन नारायणगढ सडकमा ठूलो पहिरो खस्यो, सडक अवरुद्ध

फोटो : www.khabarchitwan.com
साउन ८, २०७३

    रत्ननगर (चितवन) : कालीखोलामा खसेको ठूलो पहिरोका कारण चितवनको नारायणगढ मुग्लिन सडकखण्ड शनिबार बिहानदेखि अवरुद्ध भएको छ। 

    बिहान ६ बजेतिर झन्डै ४०/५० मिटर लामो पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    पहिरो पन्छाउन अहिले मुग्लिन र नारायणगढतर्फबाट डोजरसहित प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। लामो पहिरो खसेकाले बाटो खुलाउन केही घन्टा लाग्ने जनाइएको छ। 

    यसअघि शुक्रबार साँझ सोही सडकअन्तर्गत सेती दोभानमा खसेको पहिरोका कारण रातभरी एकतर्फ मात्रै सडक सञ्चालन भएको थियो। एकतर्फ सडक सञ्चालनका कारण प्रभावित भएका सवारी कालीखोलामा पहिरो खस्दाबीचमा नै रोकिन पुगेका छन्। 

    पहिरो खस्दा चितवनबाट पोखरा र काठमाडौं जाने आउने सवारी बीच बाटोमै रोकिएका छन्। सडक विस्तारका क्रममा विभिन्न क्षेत्रमा खनिएकाले यहाँ सुक्खा समयमा समेत पहिरो जाने गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]