राजनीति

संसदमा अविश्वास प्रस्तावमाथि छलफल सुरु

साउन ८, २०७३

    काठमाडौं : ब्यवस्थापिका संसदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध राखेको अविश्वास प्रस्तावमा संसदमा छलफल भइरहेको छ। छलफलमा बिभिन्न दलका नेताहरुले आआफ्ना धारणा राखिरहेका छन्।

    छलफलमा भाग लिँदै कांग्रेस नेता रमेश लेखकले एमालेले सत्ता साझेदार दलको अवमूल्यन गर्ने र होच्याउने प्रवृत्तिले सरकार छोडेको दावी गर्दै आत्मसमीक्षा गर्न आग्रह गरे। 'सरकारबाट माओवादी किन हट्यो भनेर प्रश्न गर्नुभन्दा रातभरी संगै सुतेको भाइ विहान किन भाग्यो भनेर मुल्याङ्कन गर्नुस्' उनले भने।

    नेता लेखकले संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा अर्को प्रधानमन्त्री बन्ने ब्यवस्था छैन भन्ने गलत ब्याख्या गरेर आफ्नै कद घटाएको आरोप लगाए।

    उनले संविधानप्रति असन्तुष्टी राख्ने मधेसकेन्द्रित दललाई भत्ता खाएकै छन् भनेर संविधान कार्यान्वयन भएको भनेर गलत ब्याख्या सरकारले गरेको बताए। उनले भने 'भत्ता खादैमा संविधान कार्यान्वयन हुने भए हिन संविधान कार्यान्वयन गर्ने योजना बनाउनुपर्‍यो?'

    एमालेले युवा तथा खेलकुद मन्त्रालयमा एमाले युवाहरुलाई मात्र भर्ती गरेर मुलुकका सबै युवाहरु एमाले हुन्छन् भन्ने देखाउन खोजेको आरोप लगाउँदै उनले सोधे 'त्यतिबेला कोलिसन पार्टनरलाई पनि किन ध्यान दिनुभएन?'

    एमाले नेता माधवकुमार नेपालले युवा मन्त्रालयले नियुक्त गरेका युवाहरुमा एमाले युवा नभइ एउटा गुटका युवाहरु मात्र भएको बताए। उनले संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बेलामा अहिले संवैधानिक संकट ल्याउन खोजिएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]