काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भाग बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्...
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एक वयस्क बाघ मृत अवस्थामा भेटिएको छ। निकुञ्जको सौराहाबाट कसरा जाने बाटोको १ नम्बर र २ नम्बर पुलको बीचको घोलमा शनिबार बाघ मृत अवस्थामा भेटिएको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार गन्ध आइसकेको अवस्थामा वयस्क बाघ भेटिएको हो। बाघलाई बेलुका निकुञ्जको मुख्य कार्यालय कसरामा परीक्षण गरेर गाडिएको उनले बताए।
बूढो भएकै कारण बाघ मरेको कँडेलले बताए। बाघको सबै अङ्ग सुरक्षित रहेको थियो। बाघको आयु २० वर्षको हुन्छ। चितवन राष्ट्रिय निकुञ्जमा सन् २०१३ को तथ्याङ्कअनुसार १२० वटा वयस्क बाघ रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।