काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउको आवश्यकता नै नभएको बताएका छन्। सरकारले नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउका लागि राष्ट्रपतिलाई सिफारिस गरेकोप्रति टिप्पणी गर्दै देउवाले त्यसको आवश्यकता नभएको बताएका हुन्।
'यसको आवश्यकता हिजो पनि थिएन आज पनि छैन हिजोको संविधानसभामा तीन चार जना प्रधानमन्त्री बने, एमालेकै दुई जना प्रधानमन्त्री बने' उनले भने 'त्यतिबेला बाधा अड्काउ फुकाउको आवश्यकता परेन तर ठीकै छ सजिलो हुन्छ भने हामीलाई आपत्ति हुने कुरा भएन।'
कांग्रेस सभापति देउवाले संसदमा बहुमत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पद छोड्न नमानेर अप्ठेरो पार्ने कुरा आफुले कल्पना पनि नगरेको बताउँदै बाधा अड्काउ फुकाउको सिफारिस गरेर बाटो खोलिदिएकोमा धन्यवाद दिए।
उनले प्रजातन्त्रमा सरकार बनाउने व्यवस्थाबारे संविधानमा लेखिरहन नपर्ने पनि बताए। 'अघिल्लो संविधानसभामा जुन प्रक्रियाबाट प्रधानमन्त्री बने त्यही प्रक्रियाबाट बन्न सकिने कुरा थियो' देउवाले भने 'प्रजातन्त्रको मूल्य मान्यता भनेको बहुमत पाउनेले सरकार बनाउँछ, बहुमत गुमाउने जान्छ। फेरि बहुमत पाउनेले सरकार बनाउँछ। यो लेखिरहन संविधानमा लेखिरहन पर्ने कुरा होइन।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।