मनोरञ्जन

सलमान खानले पाए हरिण शिकारको मुद्दाबाट सफाई

साउन १०, २०७३

    सन् १९९८ मा हरिणको शिकारसँग जोडिएका दुई मुद्दामा राजस्थान उच्च अदालतले बलिउडका स्टार नायक सलमान खानलाई सफाई दिएको छ। 

    तल्लो अदालतले सलमानलाई हरिण शिकार र घोडा फर्म शिकारको मुद्दा गरी ६ वर्षको जेल सजाय सुनाएको थियो। चलचित्र 'हम साथ-साथ हैं'को सुटिङका क्रममा भएको उक्त शिकारसँग जोडिएका अन्य ४ मुद्दा अझै चलिरहेको छ। 

    शिकार र आर्म्स ऐनको एक-एक घटनामा सलमान अझै पनि आरोपी रहेका छन्। उच्च अदालतको फैसलापछि सलमान खानलाई कालो हरिण र आर्म्स ऐन मुद्दामा पनि सफाई हुन सक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्मयले जनाएका थिए। 

    फैसला सुन्नका लागि सलमान खान जोधपुरमा थिएनन् तर, उनकी बहिनी अलभिरा पुगेकी थिइन्। उच्च अदालतका न्यायाधीश निर्मलजीत कौरले आफ्नो फैसला सुनाउँदै दुवै मुद्दाबाट सफाई दिएका हुन्। सलमान खानसहित १२ आरोपीमध्ये अन्य ११ जनालाई सफाई दिइएकाले पनि सलमानले सहज सफाई पाएका हुन्। अन्य ११ जनाले सफाई पाएका कारण न्यायालयले दुवै मुद्दामा सलमान खानलाई सफाई दिएको हो। 

    फैसलापछि सलमान खानका पिता सलीम खानले केही प्रतिक्रिया दिएनन्। उनले भने, 'यस घटनामा म १५ वर्षदेखि चुप बस्दै आएको छु।' सलमान खानले फैसला आएपछि उनले खुसी भने व्यक्त गरेका छन्। 

    सलमान खान हरिणको शिकारको मुद्दामा प्रहरी ज्युडिसियल कस्टडीमा १८ दिन जेल बसिसकेका थिए। पहिलो पटक सलमान खानलाई वन विभागले १९९८ अक्टुवर १२ मा पक्राउ गरेको थियो र १७ अक्टुवरसम्म हिरासतमा राखेको थियो। 

    घोडा फर्मको घटनामा १० अप्रिल २००६ मा ५ वर्षको जेल सजाय सुनाइएको थियो। ६ दिन जेलमा बसेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]