काठमाडौं : गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ। मनास्लु हिमालको बेसक्याममा हिमपहि...
जनकपुरधाम : धनुषाको पोर्ताहामा कमला नदीले बगाउँदा महोत्तरी बर्दिबासका एक युवकको मृत्यु भएको छ। नदीमा बगेर दुई जना बेपत्ता भएका छन्।
कमला नदीले बगाउँदा बर्दिबास–१ का २२ वर्षका मनोज जोगीको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। बेपत्ता भएका दुई जनाको परिचय खुल्न नसकेको शर्माले बताए।
साउने सोमबार महोत्तरीको टुटेश्वरनाथ महादेव मन्दिरमा चढाउने जल लिन गएको बेला आइतबार बेलुका जोगीलाई कमला नदीमा आएको बाढीले उनीहरुलाई बगाएको हो। प्रहरीका अनुसार धनुषाको गोदार नजिक पोर्ताहाबाट उनीहरुलाई बाढीले बगाएको हो। बेपत्ता भएकाको खोजी भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।