काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
बुटवल : रुपन्देहीको सालझण्डीमा खोलाले बगाउँदा एक दम्पतीको मृत्यु भएको छ। बाख्रा चराउन गएका उनीहरुलाई बाख्रा जोगाउन खोज्दा स्थानीय कञ्चन खोलाले बगाएको हो।
खोलाले बगाउँदा सालझण्डी गाविस वडा नम्बर १ फुलबारीका ६० वर्षीय छविलाल गाहा र उनकी श्रीमती ५५ वर्षीया हुमकली गाहाको मृत्यु भएको हो।
सोमबार दिउसो करिब ३ बजेतिर बाख्रालाई खोलाले बगाएपछि बाख्रालाई बचाउन श्रीमती खोलामा हाम फालेको र श्रीमतीलाई खोलाले बगाएपछि श्रीमान्ले बचाउने प्रयास गर्दागर्दै दुवै जनालाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक विमल पराजुलीले जानकारी दिए।
खोलाले बगाएको केही समयपछि करिब ३ किलोमिटर तल श्रीमान्को शव रुखको जरामा अड्किएको अवस्थामा फेला परेको थियो भने श्रीमतीको शव रुद्रपुर ५ बेलडाँडामा फेला परेको थियो।
उनीहरुको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकका २ छोरा विदेश र १ छोरा भारतमा रहेका छन् भने २ बुहारी घरमा रहेका बताईएको छ।
उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ। सालझण्डीको सोही खोलाले गतवर्ष २ जनालाई बगाएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।