काठमाडौं : पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वा...
काठमाडौं : गत शनिबार डा. गोविन्द केसीको समर्थनमा भएको र्यालीलाई 'टक्कर' दिनेगरी चारदिनपछि काठमाडौंमा निजी मेडिकल कलेज सञ्चालकहरुले र्याली निकालेका थिए। बुधबार बिहान ११ बजे माइतिघरबाट सुरु भएको र्याली नयाँ बानेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
डा. गोविन्द केसीले चिकित्सा शिक्षाको परीक्षामा अनावश्यक हस्तक्षेप गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन माग गरिरहेका बेला निजी मेडिकल कलेज सञ्चालकले भने भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार बलियो बन्नुपर्ने भन्दै नारा लगाएका थिए।
माफियाहरुलाई नियन्त्रणमा लिने कार्य गरेका लोकमानलाई महाअभियोग होइन, राज्यले सघाउनुपर्ने उनीहरुको भनाई थियो। डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिले निजी मेडिकल कलेज धरासायी हुने भन्दै उनीहरुले त्यसको विरोधमा र्याली निकालेको जनाएका छन्।
'भ्रष्टाचारको जालोले देश खायो दलालले', '१,२,३ होइन भ्रष्ट्रचारी चाहिँदैन' 'भ्रष्टाचार हटाऊ लोकमान: जनता तिम्रो साथमा छन्' जस्ता नारा लगाउँदै र्यालीका सहभागी माइतिघरबाट नयाँ बानेश्वर पुगेका थिए।
कोणसभामा प्रभाइभेट मेडिकल एसोसिएसन अफ नेपालका अध्यक्ष भोला रिजालले विगत २२ वर्षदेखि गुणस्तरीय शिक्षा दिँदै आएका निजी मेडिकल कलेजलाई सरकारले एकजनाको अनसनको भरमा धरासायी बनाउन खोजेको आरोप लगाए।
र्यालीमा स्कुले बालबालिका खेलाडीको भेषमा थिए। महिलाहरुको उपस्थिति बढी थियो। र्यालीका सहभागीलाई फर्किने बेलामा गाडीमा हालेर लगिएको थियो। उनीहरुलाई बोक्न तीनवटा गाडी एभरेस्ट होटलअगाडि तैनाथ थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।