काठमाडौं : न्यूजिल्याण्डमा एक जना नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु भएको छ। गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएक...
अर्जुनकुमार आचार्य
विराटनगर : वैदेशिक रोजगारको सिलसिलामा काम गर्ने क्रममा विभिन्न देशमा एक वर्षमा मोरङका ४० जनाको मृत्यु भएको छ।
मोरङबाट १९ हजार ४ सय ६५ वैदोशिक रोजगारीमा गएकामध्ये आर्थिक वर्ष २०७२/०७३ मा ४० जनाको मृत्यु भएको मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ।
मृत्यु भएकामध्ये ३६ जनाले क्षतिपूर्ति पाएपनि चार जनाले क्षतिपूर्ति पनि नपाएको पिपुल फोरमका सल्लाकार तथा अधिवक्ता सोम लुइँटेलले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा मोरङबाट रोजगारीको क्रममा गएका १४ जनाको मृत्यु भएको थियो। जसमा ७ जनाले मात्र क्षतिपूर्ति पाएको देखिएको छ।
पीडित परिवारलाई स्थानीय प्राशासनले क्षतिपूर्तिबारे जानकारी नदिएको कारण क्षतिपूर्ति लिनबाट बञ्चित भएको अधिवक्ता लुईटेलको भनाइ छ। मोरङबाट १९ हजार ४ सय ६५ जना गत वर्ष विदेशिएकोमा १८ हजार ६ सय ७८ जना श्रम गर्न गएको पाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।