स्वास्थ्य

पूर्वाञ्चलमा एक वर्षमा १४ हजार भन्दा बढी महिलाले गरे गर्भपतन

Photo : huffingtonpost.co.uk
साउन १६, २०७३

    मणिकुमार श्रेष्ठ

    धनकुटा : पुर्वाञ्चलको १६ जिल्लामा आर्थिक वर्ष २०७२/०७३ मा १४ हजार भन्दाबढी महिलाले गर्भपतन गराएका छन्। 

    क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाए अनुसार १४ हजार ८ सय ९९ जनाले गर्भपतन गराएका हुन्। जसमा २० वर्ष मुनिका १ हजार ४ सय ६२ जनाले गर्भपतन गराएका छन्। 

    आर्थिक वर्ष २०७१/०७२ को तुलनामा यो आर्थिक वर्षमा मात्र ३७ जनाले कमी आएको निर्देशनालयले जनाएको छ। बितेका वर्षहरुको सुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि भएपनि अहिले बाहिर पसलबाट समेत औषधीको प्रयोग गरी गर्भपतन गराउने गरेका कारण स्वास्थ्य संस्थामा गई गर्भपतन गराउनेको संख्यामा कमि आएको निर्देशनालयले जनाएको छ। 

    आर्थिक वर्ष ०७२/७३ मा सबैभन्दा बढी झापा जिल्लामा ३ हजार ३ सय ७२ जनाले गर्भपतन गराए भने सबैभन्दा कम तेह्रथुममा १ जनाले मात्रै गर्भपतन गराएको पुर्वाञ्चल क्षेत्री स्वास्थ्य निर्देशनालय धनकुटाका डाटा इन्ट्रि क्लर्क महेशकुमार यादवले जानकारी दिएका छन्। 

    यसैगरी धनकुटा जिल्लामा आर्थिक वर्ष ०७२/०७३ मा ८ सय ५२ जनाले सुरक्षित गर्भपतन गराएका छन्। नेपाल सरकारले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन स्वीकृति दिएको छ। यसैगरी परिस्थिति हेरी १८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउने पाउन कानुनी प्रावधान रहेको छ। 

    जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख डाक्टर मदनकुमार उपाध्यायले सुरक्षित तवरले मात्र गर्भपतन गराउनुपर्ने बताएका छन्। उनका अनुसार असुरक्षित तवरले गर्भपतन गराएको खण्डमा भविष्यमा गर्भ नै नरहन सक्ने बताएका छन्। गर्भपतन नै गराउनु नै हुदैन् तर, गराउँनै पर्ने अवस्था रहेको अवस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्धारा गर्भपतन गराउन पर्ने उनको भनाई छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]