समाज

बाढीले लगाएको धान नष्ट गरेपछि धनुषाका किसान चिन्तामा

साउन १६, २०७३
    • गोविन्द महतो

जनकपुरधाम : लगातारको वर्षाका कारण धान खेतीमा क्षति पुगेपछि धनुषाका किसानहरु समस्यामा परेका छन्। यसवर्ष समयमा पानी परेपछि धान रोप्न पाएर निकै खुशी देखिएका किसानहरु अहिले वर्षाका कारण क्षति पुगेपछि समस्यामा परेका हुन्। 

धानबाली खोला उर्लेर नष्ट गरेपछि लगानी समेत व्यर्थ जाने चिन्ताले किसानहरु चिन्तित भएका हुन्। औरही गाविस कपटौलका रामबाबु मण्डलले धान समयमै रोप्न पाएपनि खेतमा बाढी पसेपछि धेरै धान फल्ने आश समेत मरेको बताएका छन्। उनले भने, 'भएका बिउहरु पनि रोपिसकेका थिए अब के ले रोप्ने? ज्याला मजदुरी पनि व्यर्थ गएको छ।'

धनुषाको परवाहा, कपटौल, कटैया, धनौजी, कनकपट्टि, भोईल लगायतका स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको छ। जिल्ला कृषि विकास कार्यालय धनुषाका योजना अधिकृत सुरेन्द्र गोईतले जलाद, जमुनी, जगधर लगायतका खोलामा आएको बाढी खेतमा पसेपछि धानबालीमा क्षति पुगेको जानकारी दिए।

क्षतिको पुर्ण विवरण आउन नसकेपनि पुर्वी तथा दक्षिणी धनुषाको विभिन्न स्थानमा ३ हजार हेक्टरभन्दा बढी जग्गामा क्षति पुर्‍याएको प्रारम्भिक अनुमान रहेको गोईतले बताए। 

धान खेतीका लागि उपयुक्त ६५ हजार हेक्टर जग्गामध्ये ८० प्रतिशतभन्दा बढी जग्गामा धान रोपाई भईसकेको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ। पानीको अभावका कारण गत वर्ष ५६ हजार ३ सय हेक्टर जग्गामा मात्र रोपाई भएको थियो भने १ लाख ४६ हजार मेटिूकटन मात्र धान उत्पादन भएको थियो। 
जलवायु परिर्वतन र चुरे वन विनाशका कारण पानी पर्ने क्रम घट्दै गएपछि खेतमा पानी पटाएर धान उव्जाउनु पर्ने धनुषाका किसानहरुको बाध्यता रहेको छ। तर, समयमै आकाशे पानी परेका कारण ७ वर्ष पछि यस वर्ष समयमै धान रोपाई हुन सकेको गोईतको भनाई छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]