राजनीति

राप्रपा नेपालसँग छलफल गरेर सरकारबारे टुंगो लगाउँछौं : राणा

साउन १६, २०७३

    भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले सरकार अस्थिर भएका बेला विदेशीले हेप्ने बताएका छन्। रफत सञ्चार क्लबले आइतबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष राणाले मुलुकमा अस्थिर सरकार भएका बेला विदेशी हस्तक्षेप पनि हुने बताएका हुन्।

    बिगतको सरकार छोटो छोटो समयको देखिएको भन्दै राणाले कांग्रेस माओवादी गठबन्धन अलि लामो समयसम्म टिक्न सक्ने भन्दै यो सरकारले स्थिर गठबन्धन बनाउने तर्फ ध्यान दिनुपर्ने बताए।

    राप्रपा नेपालसँग छलफल गरेर मात्र आफ्नो पार्टी नयाँ बन्ने सरकारमा जाने नजाने टुंगो लाग्ने भन्दै उनले नजिकिँदै गरेको निर्वाचनलाई ध्यान दिएर सरकारमा जानुपर्ने आफ्नो पार्टीको मत रहेको बताए।

    अध्यक्ष राणाले राप्रपा नेपालसँगको एकीकरण अन्तिम चरणमा पुगेको र छिट्टै एकता हुने दावी गरे। एकीकरणपछि पार्टी राज्यको एउटा महत्वपूर्ण शक्तिको रुपमा हुने समेत अध्यक्ष राणाको दाबी रहेको छ।

    सबै धर्मको सम्मान हुने खालको र ॐकार परिवारलाई विशेष मान्यता दिने हिन्दु गणतन्त्रको पक्षमा आफ्नो पार्टी रहेको उनको भनाई छ। आफूहरु हिन्दु गणतन्त्रको पक्षमा रहेको भन्दै अध्यक्ष राणाले गणतन्त्र कि राजतन्त्रसँगै संघीयताको बिषयलाई महाधिवेशनले निर्णय गर्ने राणाले बताए।

    मधेशको जायज मुद्दालाई सम्बोधन नगरि मुलुक अघि बढेन नसक्ने भन्दै अध्यक्ष राणाले दुई मधेश प्रदेश बनाई पश्चिमको मधेशबाट पहाडी जिल्ला छुट्याउनु पर्ने र बाँकि समस्या आयोगले समाधान गर्ने छ यदि यति गर्न सकिएमा मधेशको समस्या समाधान हुने उहाँको भनाई छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]