काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
तुलसीपुर : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताएका छन्।
रिपोर्टर्स क्लब दाङले सोमबार तुल्सीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालको सत्ता परिवर्तनमा सधैँ भारतलाई हेर्ने गलत प्रवृत्ति रहेको उल्लेख गरेका छन्। नेपालको आन्तरिक मामिलाको हल यहीका दलले गर्नुपर्ने बताउँदै उनले बाहिरी हस्तक्षेप भने स्वीकार्य नहुने धारणा राखेका छन्।
सत्ता परिवर्तन नेपालकै राजनीतिक दल र शासकीय प्रणालीका कमजोरीका कारण हुने गरेको उनको भनाइ रहेको छ। डा. भट्टराइले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक संसद् नहुँदासम्म देशमा राजनीतिक अस्थिरता कायम रहने धारणा राखेका छन्।
वर्सेनि भारतले बनाएका बाँधले नेपालको तराई मधेस डुबानमा परे पनि कहिलै पनि भारतसँग सार्थक वार्ता हुन नसकेको उल्लेख गर्दै उनले आरोप मात्रै लगाउने भन्दा समस्या समाधान हुने गरी भारतसँग संवाद गर्न आवश्यक छ भने।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।