राजनीति

हस्ताक्षर नभए मोर्चाले प्रचण्डलाई भोट नदिने

प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि प्रचण्ड।
साउन १८, २०७३

    काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेस–माओवादी र मोर्चाबीच भएको तीन बुँदे सहमतिमा शीर्ष नेताबीच हस्ताक्षर नभए प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डलाई भोट नहाल्ने भएको छ।

    मोर्चाको माग सम्बोधन गर्न गठित ९ सदस्यीय कार्यदलले तयार पारेको सहमतिमा शीर्ष नेताले हस्ताक्षर नगरे प्रचण्डको पक्षमा भोट नहाल्ने चेतावनी मोर्चाले दिएको हो।

    ‘कार्यदलले तयार पारेको तीन बुँदे सहमतिमा मंगलबार दिउसो तीनै दलका शीर्ष नेताले हस्ताक्षर गर्ने योजना थियो’, मोर्चाको तर्फबाट कार्यदल सदस्य रहेका राजेन्द्र श्रेष्ठले थाहाखबरसँग भने, ‘प्रचण्डले नैं सहमतिमा हस्ताक्षर गर्न समय नदिएपछि शंका जन्माएको छ।’

    कांग्रेस, माओवादी र मोर्चाबाट ३/३ जना नेता सम्मिलित कार्यदलले मोर्चासँग तीन बुँदे मौखिक सहमति गरेपनि हस्ताक्षर भने भएको छैन।

    शीर्ष नेताहरुको तर्फबाट सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनका संयोजक उपेन्द्र यादवले हस्ताक्षर गर्ने योजना थियो।

    तर माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गर्न समय नदिएका कारण हस्ताक्षर नभएको कार्यदल सदस्य श्रेष्ठले बताए। उनले कार्यदलले तयार पारेको सहमतिलाई बुधबार बिहान ८ बजे संसद भवनमा बस्ने बैठकमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाए।

    उनले भने, ‘हाम्रो पहिचानसहितको संघीयतामा कांग्रेस–माओवादी सहमत हुनुपर्छ, नत्र उहाँहरुले भनेजस्तै हालको प्रशासनिक संरचनासहितको संघीयता हामीले चाहेको होइन। यसमा सहमति भएन भने त हामी सरकारमा जाने सम्भावना नै छैन।'

    मन्त्रिपरिषद्ले गर्ने तात्कालिक काम र संसदले गर्ने कामलाई छुट्याएर माग पुरा होस भन्ने आफूहरुको चाहाना भएको उनले बताए।

लिलाराज खनाल

खनाल २०७३ भदौदेखि २०७४ सालभर थाहा खबरमा आबद्ध थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]