विश्व

ज्यान गुमाउने शरणार्थी संख्यामा कहालीलाग्दो वृद्धिः राष्ट्रसंघ

फोटो साभारः eciu.net
जेठ १९, २०७३

    जेनेभा : भूमध्यसागरिय तथा युरोपका सामुद्रिक बाटो हुँदै युरोप तथा अमेरिका पुग्न खतरानाक यात्राको सहारा लिएका सन् २०१६ को सुरुदेखि अहिलेसम्म करिब दुई हजार ५०० आप्रवासी शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ। 

    सन् २०१५ को सोही अवधिको तुलनामा उक्त क्षेत्रमा ज्यान गुमाउने शरणार्थी सङ्ख्यामा कहालीलाग्दो वृद्धि भएको राष्ट्रसङ्घले बताएको हो। 

    सन् २०१६ सुरुदेखि अहिलेसम्म उक्त बाटो हुँदै दुई लाख ४० हजार मानिस युरोप तथा अमेरिका पुगेको बताइएको छ। यो सङ्ख्या पनि सन् २०१५ को सोही अवधिको तुलनामा धेरै ठूलो हो। 

    गत हप्तामात्र भूमध्यसागरिय तथा युरोपेली सामुद्रिक इलाकामा उनीहरुले प्रयोग गरेको डुङ्गा दुर्घटनाका कारण ८८० जनाले ज्यान गुमाउनु परेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी मामिला हेर्ने संस्था (यूएनएचसीआर) ले बताएको छ। 

    यूएनएचसीआरले उक्त खतरानाक दुर्घटनाबाट बच्न सफल भई इटाली पुगेका आप्रवासीबाट सो तथ्याङ्क पाएको जनाएको छ। 

    मृतकबारेको यो तथ्याङ्क शरणार्थीबाट प्राप्त अनुमानित तथ्याङ्कका आधारमा प्राप्त भएको भए पनि उक्त इलाकामा सयौँ मानिसले ज्यान गुमाएको साँचो हो, यूएनएचसीआरका प्रवक्ता विलियम स्पिन्डरले पत्रकारसँगको कुराकानीमा भन्नुभयो। 

    डुङ्गा दुर्घटनामा कैयौं बालबालिकाले समुद्रमा डुबेर ज्यान गुमाउनु परेको कहालीलाग्दा खवरपाएको पनि स्पिन्डरले बताउनुभयो। डरलाग्दा यस्ता घटनाका बाबजुद पनि हजारौँ अफ्रिकी तथा मध्यपूर्वी आप्रवासी जीवनकै लागि डुङ्गाको सहारामा समुद्रमा खतरानाक यात्राको सहारा लिने गरेको स्पिन्डरले बताउनुभयो। 

    गत हप्ता मात्र एक लिबियाली १२५ आप्रवासी शरणार्थी लिई युरोप जाने क्रममा डुङ्गा डुब्दा कैयौँको मृत्यु भएको थियो भने समुद्रमा ४७ जना हराइरहेको बताइएको छ। 

    सन् २०१५ को पाँच महिनामा एक हजार ८५५ मानिसको सामुद्रिक इलाकामा मृत्यु भएकोमा सन् २०१६ को सोही अवधिमा दुई हजार ५०० पुग्नुले सन् २०१६ अझ खतरानाकस्थिति आउनसक्ने आप्रवासी मामिला हेर्ने अन्तर्राष्ट्रिय सङ्गठनले बताएको छ। 

    सन् २०१४ को सुरुका पाँच महिनामा यसरी ज्यान गुमाउनेको सङ्ख्या मात्र ४७ रहेको थियो। गएको वर्ष करिब १० लाख मानिसले सो मार्ग हुँदै युरोप छिरेको राष्ट्रसङ्घको तथ्याङ्क छ। यसरी युरोप पुग्ने आप्रवासीमा सिरिया, अफगानिस्तान, यमन, लिबिया, टर्की र केही अफ्रिकी मुलुक रहेको बताइने गरेको छ। 

    यसरी युरोप छिर्ने अधिकांश मानिस द्वन्द्वबाट ज्यान बचाउनकै लागि त्यहाँ पुग्ने गरे पनि केही भने गरिबीका कारण रोजगारीका लागि त्यहाँ पुग्ने गरेका छन्। रोजगारीका लागि भनीे मानव तस्करहरुले ठूलो रकम उनीहरुबाट असुली उक्त खतरानाक मार्ग हुँदै शरणार्थीका रुपमा युरोप तथा अमेरिकी मुलुकमा पु¥याउने गरेका बताइने गरेको छ। रासस/एएफपी

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]