राजनीति

सरकारले 'गरिबका लागि सरकार' अभियान सञ्चालन गर्ने, यस्ता छन् प्रधानमन्त्रीका ४ निर्देशन

साउन २०, २०७३

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार साँझ पदभार ग्रहण गर्दै 'गरिबका लागि सरकार' कार्यक्रम लागू गर्ने निर्णय गरेका छन्। बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले गरिबका लागि सरकार नामक विशेष अभियान कार्यान्वयन गर्नेगरी काम थाल्न मातहतका मन्त्रालयहरुलाई निर्देशन दिएका हुन्।

    यस्ता छन् प्रधानमन्त्रीका निर्देशन

    १) पहिचानको क्रममा रहेको गरिब घरपरिवारहरुको पहिचान कार्य सम्पन गरी उनीहरुको जीवन स्तर उकास्न गरिबका लागि सरकार नामक विशेष अभियान सञ्चालन गरेर आय आर्जन, शिक्षा, स्वास्थ्य, बिमा तथा तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैंक तथा बजारसँग एकिकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु कार्यान्वयन गर्ने।

    २) भूकम्प प्रभावित ३१ जिल्लाका प्रभावित ५ लाख ३३ हजार परिवारलाई अनुदानको पहिलो किस्ता आगामी ४५ दिनभित्र वितरण गर्ने र पुर्ननिर्माण कार्यलाई सिघ्रातिसिघ्र कार्यान्वयन गर्ने।

    ३) चिकित्सक नपुगेको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी ३ महिना भित्र चिकित्सक पठाई सक्ने साथै जिल्ला तथा सो भन्दा माथिल्लो स्तरका सरकारी अस्पतालहरुले एकै छाता भित्र सबै सुविधा दिने नीति अन्तर्गत गुणस्तरीय औषधी उपलब्ध गराउन औषधी कक्ष यसै आर्थिक वर्षदेखि सञ्चालन गर्ने।

    ४) नेपाल भरका दलित र कर्णालीका नवाजात शिशुको जन्मदर्ता गर्न आउने परिवारलाई प्रोत्साह स्वरुप १ हजार रुपैयाँ दिने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]