राजनीति

मन्त्रिपरिषदको पहिलो बैठकले गर्‍यो यस्ता निर्णय, महरा तत्कालका लागि प्रवक्ता तोकिए

साउन २०, २०७३

    काठमाडौं : सरकारले बाढी पहिरोका कारण ज्यान गुमाएकाहरुका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार एक लाख रुपैयाँसम्म राहत दिने निर्णय गरेको छ।

    मन्त्रीपरिषद्को बिहीबार साँझ बसेको पहिलो बैठकले देशका विभिन्न भागमा बाढी पहिरोका कारण ज्यान गुमाएकाहरुका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँसम्म राहत दिने निर्णय गरेको हो।

    गृह मन्त्रालयका अनुसार साउन महिना लागेयता मात्र बाढी पहिरोमा १ सय भन्दा बढीको मृत्यु भएको छ। मन्त्रीपरिषद् बैठकले बाढी पहिरोका घटनामा घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना गर्नुका साथै सरकार गठनमा सहयोग गर्ने सबै राजनीतिक दल र तिनका सांसद्लाई धन्यवाद दिएको छ।

    बैठकले सहिद् तथा बेपत्ता परिवारलाई राहतस्वरुप दिन यसअघिका सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने निर्णय पनि गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

    बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरालाई प्रवक्ताको जिम्मेवारी तोकेको छ। विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद्हरुप्रति बैठकले श्रद्धाञ्जलि अर्पण गरेको छ।

    बैठकमा प्रधानमन्त्री दाहालले आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाइ दिइ भ्रमणको निम्ता गरेको जानकारी गराएका थिए। प्रधानमन्त्री निर्वाचित भएका प्रचण्डलाई चीन र अमेरिकाले पनि बधाई दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]