अर्थ

अर्थमन्त्री महराले खोजे निजी क्षेत्रको साथ, उद्योगीले भने हामी साथ दिन्छौं

साउन २१, २०७३

    काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकका आर्थिक चुनौतीहरु सामना गर्न आफूलाई निजी क्षेत्रको साथ चाहिएको बताएका छन्। शुक्रबार आफूलाई भेट्न आएको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको कुराकानीमा उनले निजी क्षेत्रसँग नजिकमा रहेर काम गर्ने चाहना भएको बताएका हुन्।

    निजी क्षेत्रकै नेतृत्वमा मुलुकको आर्थिक विकास अगाडि बढाउने आफ्नो नीति रहेको भन्दै अर्थमन्त्री महराले आफ्ना सबै प्रयासहरु आर्थिक विकासमा केन्द्रित हुने प्रतिबद्धता समेत जनाएका छन्।

    अर्थमन्त्री महरालाई बधाई दिँदै नेपाल उद्योग वाणिज्य महासंघले पनि आर्थिक समृद्धिको लागि नयाँ सरकारले ल्याउने नीति तथा कार्यक्रम सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

     ‘देशको अर्थिक समृद्धिका लागि नयाँ सरकारले ल्याउने सबै प्रकारका नीति तथा कार्यक्रमहरुमा निजी क्षेत्र हातेमालो गर्न तयार छ’ महासंघका अध्यक्ष पुशपति मुरारकाले भने। उनले निजी क्षेत्रको तर्फबाट पूर्ण सहयोग हुने भन्दै मुलकका विकासका लागि आवश्यक कदम चाल्नको लागि आग्रह समेत गरे।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा महासंघका उपाध्यक्ष शेखर गोल्छा, कर तथा राजस्व समितिका सभापति शौरभ ज्योती, सहसभापति अञ्जन श्रेष्ठ र महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ अर्थ मन्त्रालय पुगेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]