मनोरञ्जन

ज्योतीलाई रुवायो 'दुम्सीकाँडे जुँगाले...'

साउन २२, २०७३

    काठमाडौं : पोहोर साल तिजमा 'ढाडे बिरालो...' बोलको गीतका कारण विवादमा परेकी गायिका ज्योती मगरले  यसपटक गाएको तिजे गीतले भने 'पोजेटिभ रियाक्सन' बटुलिरहेको छ। तीन दिनअघिमात्र युट्बमा अपलोड भएको 'दुम्सी काँडे जुँगा...' बोलको गीत १ लाख ४० हजारले हेरिसकेका छन्।

    यसअघि द्विअर्थी शब्दका गीत र मोडलिङका कारण विवादमा परेकी ज्योती यो गीतमा भने सामान्य रुपमा प्रस्तुत भएकी छन्।

    कापी कलम हातमा हुनुपर्ने उमेरमा दुम्सी काँडे जुँगा भएको बुढोसँग बिहे गरिदिएकोमा माइतिसँग उनले गीतमा गुनासो गरेकी छन्। भिडियोको अन्त्यमा ज्योतीलाई रुँदै गरेको देखाइएको छ। गीतमा ज्योतिलाई दुःख दिने जुँगा भने शेरबहादुर गुरुङका हुन्। भिडियोमा शेरबहादुर र ज्योतिको जोडी जमेको छ।   

    गीतमा एकनारायण भण्डारीको शब्द संगीत रहेको छ। यो गीतको उत्पादक वितरकको जिम्मेवारी सितारा म्युजिक प्रालिले लिएको छ। यस्तो छ गीतः

    कापी कलम लिने हातमा कोदाली र कुटो,

    ज्यान गएनि खान्न बाबा बुढो पोइको जुठो।

    जान्न बाबा जान्न म त तिम्रो ज्वाँइको घर,

    दुम्सी काँडे जुँगाको लाग्छ मलाई डर।

    राती सुत्ने बेला पनि सधै खैनी खाने,

    त्यस्तो पोइको बिस्तारामा म कसरी जाने।

    दुइमानाको चामलको भात हसुरेर थुर्छन्,

    राती सुत्न पाइदैन बाघ जस्तै घुर्छन्।

    मान्छे हो कि वनमान्छे हो छैन रंगढंग,

             क्यारी जूनी काट्नु दादा त्यस्तो मान्छेसँग।

    मान्छे हो कि वनमान्छे हो छैन रंगढंग,

    क्यारी जूनी काट्नु दादा त्यस्तो मान्छेसँग।

    बोल्दा पनि अड्कलेर सुस्त बोल्नुपर्ने,

    सुत्नेबेला सासूज्यूको खुट्टा बोल्नुपर्ने।

    साँझ रौसी टन्न खाने बिहान टाउको दुख्ने,

    बोक्सी लाग्या रैछ भन्दै ससुराले फुक्ने।

    न कमाउने बुढो मेरो जेठानीले हेप्ने,

    यस्तो बाला जोवनमा कति दुख खेप्ने?

    पाल्न गाह्रो मान्या भए दाइको मानो खान,

    जहाँ जाउला बरु त्यो घरमा जान्न।

    स्वरः ज्योती मगर

    शब्द/संगीतः एकनारायण भण्डारी

    उत्पादक/वितरकः सितारा म्युजिक प्रा.लि.

    अभिनयः ज्योति मगर/शेरबहादुर गुरुङ

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]