काठमाडौँ : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्...
काठमाडौं : ५२ मेगावाट क्षमताको लाप्चे खोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भएको छ। लाप्चे खोला आयोजनाको प्रवर्द्धक इनर्जी भेन्चर र नेपाल विद्युत प्राधिकरणबीच बिहीबार पीपीए गरिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र कम्पनीका निर्देशक महेश खरेलबीच सम्झौतामा हस्ताक्षर गरे। दोलखाको लामाबगर गाविसमा रहेको यो आयोजनाको विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार भइसकेको इनर्जी भेन्चरले जनाएको छ।
सम्झौता अनुसार हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा विद्युत खरिद हुनेछ। आयोजनाको कूल लागत अनुमान ८ अर्ब ५० करोड रुपैयाँ गरिएको छ।
एक वर्षभित्र वित्तीय व्यवस्थापन सम्पन्न गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको कम्पनीका निर्देशक महेश खरेलले बताए। ‘एक वर्षभित्र वित्तीय व्यवस्थापन सम्पन्न गरेर निर्माण सुरु गर्ने र पाँच वर्षभित्र निर्माण सम्पन्न गर्न लक्ष्य लिएका छौँ’, निर्देशक खरेलले बताए।
यो आयोजनाबाट वार्षिक १ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गर्ने दाबी गरिएको छ। ४४५ मिटर हेड रहेको आयोजनामा ६ किलोमिटर सुरुङ निर्माण हुनेछ। आयोजनाबाट उत्पादित बिजुली सिँगटी सबस्टेसनमा जोडिनेछ। यसबारे विद्युत प्राधिकरणको ग्रीड विभाग र भेन्चर प्रालिबीच यस अघि सम्झौता भैसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।