समाज

गोरखाबाट आएको हेलिकोप्टर नुवाकोटमा दुर्घटना, मदानपुरको बेतिनी डाँडामा आगो लागेको देखियो

फाइल फोटोः fishtailair.com
साउन २४, २०७३

    काठमाडौं : गोरखाको सिर्दिबासबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको छ। सिर्दिबासबाट बिहान साढे ११ बजे काठमाडौंका लागि उडेको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविसको बेतिनी डाँडामा दुर्घटना भएको नुवाकोटमा प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए। 

    उत्तरी गाविस सिर्दिबासको फिलिमबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको 9NAKA हेलिकोप्टर नुवाकोटमा आइपुगेपछि सम्पर्कबिहीन भएको थियो। प्रहरी निरीक्षक कैलाश भट्टराईले मदानपुर गाविसको बेतिनीको डाँडोमा आगो बलेको देखिएको बताएका छन्।

    'माथि डाँडोमा आगो बलेको देखिएको छ त्यहाँ नजिकै अर्को हेलिकोप्टर पनि घुमिरहेको छ' दुर्घटनास्थल जाँदै गरेका उनले भने 'सबै कुरा बुझ्दा दुर्घटना हो भन्ने देखिन्छ यद्यपी हाम्रो टोली पुगिसकेको छैन।'

    भीर र ठूलो डाँडो भएकाले तत्काल घटनास्थल पुग्न असम्भव रहेको उनले बताए। स्थानीय वासिन्दाको सहयोग लिएर घटनास्थलतर्फ गइरहेको इन्सपेक्टर भट्टराईले बताए। 

    फिस्टेल एअरको अपरेसन डिपार्टमेन्टकी सुलोचना कर्माचार्यले हराइरहेको हेलिकोप्टर खोज्न अर्को हेलिकोप्टर पठाइएको जानकारी दिइन्। 

    हेलिकोप्टरमा एक सुत्केरी, उनका ६ जना आफन्त र हेलिकोप्टर चालक दलका सदस्य छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]