विश्व

उत्तर कोरियाको मिसाइल परीक्षणको सुरक्षा परिषदद्वारा कडा निन्दा

उत्तर कोरियालाई थप कारबाही गर्नुपर्ने धारणा

फोटोः bbc.com
जेठ २०, २०७३

    संयुक्त राष्ट्रसंघ : उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको क्षेप्यास्त्र परीक्षणको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले विरोध गरेको छ। दक्षिण कोरियाको सैनिकले पनि उत्तर कोरियाले गत मङ्गलबार मात्र गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको जनाएको थियो। 

    तर संयुक्त राष्ट्रसंघको यस सुरक्षा परिषदले भने पछिल्लो समयमा उत्तर कोरियाले थप दुई पटकसम्म पनि यस्तो परीक्षण गरेको र असफल भएको पाइएको जानकारी दिएको छ। परिषदले उत्तर कोरियाले गएको अप्रिल महिनाको २७ र २८ तारिखमा पनि क्षेप्यास्त्र परीक्षण गरेको र ती असफल भएको सूचना प्राप्त गरेको बताएको छ। 

    त्यसैगरी गत मङ्गलबार अर्थात मे १ मा त्यस्तो अर्को परीक्षण गरेको जानकारी दक्षिण कोरियाले दिएको थियो। दक्षिणको यो जानकारी सार्वजनिक भएपछि पनि उत्तर कोरियाको विरोध सुरु भएको थियो। यी परीक्षणहरुबाट उत्तर कोरियाले आफ्नो अन्तर्राष्ट्रिय समुदायसँग जाहेर गरेको प्रतिबद्धताको उल्लङ्घन गरेको भन्दै यी परीक्षणहरुको कडा शब्दमा निन्दा गरेको छ। 

    अज्ञात रुपमा नै उत्तर कोरियाले मे २८ मा गरेको मध्यमदुरीको क्षेप्यास्त्र परीक्षण असफल भएको पाइएको पत्ता लागेको दक्षिण कोरियाली सेनाले जनाएको थियो। मङ्गलबार बिहान साढे पाँच बजेमात्र उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वानसनबाट बिहान यस्तो परीक्षण गर्न लागेको र त्यो असफल भएको पाइएको बताएको हो। 

    विश्वका विभिन्न १५ राष्ट्र सम्मिलत संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बुधबार बसेको बैठकले उत्तर कोरियाको यो कदमले राष्ट्रसंघीय शान्तिसम्बन्धी प्रस्तावको ठाडो उल्लङ्घन गरेको पाइएको भन्दै उत्तर कोरियामाथि कडा कारबाही गरिनुपर्ने जनाएको छ। 

    उत्तरले कोरियाले गत वर्षको जुन महिनादेखि पटक पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको छ। त्यसमध्ये यसअघिको अर्को एक परीक्षण पनि असफल भएको बताइएको थियो। कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा उत्तर कोरियाली नेताले आफूले निशस्त्रीकरणका लागि संसारमै सहयोग गर्ने बताउनुभएको थियो। 

    त्यस्तै उहाँले दक्षिण कोरियासँग वार्ताको प्रस्ताव पनि गर्नुभएको थियो। तर पनि उत्तरको यसअघिको अविश्वासका कारण दक्षिण कोरिया सो प्रस्तावबाट सन्तुष्ट हुन सकेको छैन। गत मङ्गलबारको परीक्षणपछि दक्षिण कोरियाले उत्तरको कडा शब्दमा विरोध गरेको थियो । यी दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्ने उत्तर कोरियाली नेताले उक्त कंग्रेसको बैठकका अवसरमा धारणा राख्नुभएको भएपनि सम्बन्धमा कुनै सुधार हुन भने सकिरहेको छैन। 

    संयुक्त राष्ट्रसंघले गएको मार्च महिनामा पनि उत्तर कोरियामाथि नाकाबन्दीको घोषणा गरेको थियो । सो नाकाबन्दी अहिले पनि जारी नै छ। त्यसअघि पनि विभिन्न प्रस्तावहरु उत्तर कोरियाकै नाममा पारित गरिएका छन् । यसका कारण पनि विभिन्न देशले उत्तरमाथिको समबन्धमा विभिन्न प्रश्न गर्दै आएको जनाएका थिए। 

    तर पनि उत्तरले आणविक क्रियाकलापहरुलाई निरन्तरता दिएको भन्दै यसका कारण उसमाथि समग्र अन्तर्राष्ट्रिय समुदायले नै प्रश्न उठाउने उक्त परिषदले जनाएको छ। 

    बुधबार राति प्रकाशित एक विज्ञप्तिमा सुरक्षा परिषदले उत्तर कोरियाले आफ्ना नागरिकका कैयौं मागहरु पूरा गर्न नसकिरहेको अवस्थामा आणविक क्रियाकलापमा देशको स्रोत र सम्पत्तिको दुरुपयोग गरिरहेको भन्दै आपित्त जनाएको हो। 

    दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नु उत्तर कोरियाको हठ स्वाभाव भईसकेको बताउने गरिएको छ। 

    तर मङ्गलबार बिहान गरेको भनिएको सो असफल क्षेप्यास्त्र परीक्षणका बरेमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन। 

    बारम्बारको सुरक्षा परिषदको ध्यानाकर्षण, आग्रह एवम् चासोका बाबजुद पनि उत्तर कोरियाले यसरी बेवास्ता गरी क्षेप्यास्त्र परीक्षण गर्नु भनेको स्वतन्त्र नागरिकका अधिकारको पनि हनन् हो भनेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]