काठमाडौं : न्यूजिल्याण्डमा एक जना नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु भएको छ। गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएक...
भर्जिनिया राज्यको मनाससस्थित सार्वजनिक पुस्तकालयको एक हलमा बिमा बिक्री गर्ने दलाल (एजेन्ट) हरु र बिमा किनेर आफू ठगिएको ठान्नेहरुबीच अप्रिल २३ तारिख शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बिमा क्रेताहरुले बिमाका बारेमा आआफ्ना धारणा राख्दै बिमालाई किन घरको कूल आम्दानी समेत बुझ्दै नबुझी धेरै रकमको जीवन बिमा भिडाइयो ? जीबन बिमा बिमाका लागि मात्र नभएर लगानीका रुपमा बुझाउँदै किन ढाँट्ने काम गरियो ? जस्ता अनेकन प्रश्नहरु बिमा क्रेताहरुले दलाल (एजेन्ट)हरुसँग राखेका थिए ।
आफ्नो कमिशनको लोभमा दलालहरुले पिरामिड शैलीमा भेटेजति सबैलाई एजेन्ट बनाउने र सकेसम्म महंगो प्रिमियमको इन्सुरेन्स बेच्दै बेचिएकाहरुलाई पनि तपाईले अरुहरुलाई पनि सदस्य बनाउनुहोस् त्यही रकम आम्दानीले आफ्नो प्रिमियम भविष्यमा तिर्न पुग्ने लोभ देखाएर अमेरिकामा रहेका नेपाली भाषीहरुलाई अनेकन थप झुटा आश्वासन देखाएर बिमा भिडाइएको अहिलेआएर जानकारहरुले दिएपछि क्रेताहरु अन्यौलमा परेका छन् ।
समुदायमा आइपरेको यो अन्यौलता र आइपरेको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने मनसायले नेजाले कार्यक्रमको आयोजना गरेको थियो ।
बिमा बिक्रीसम्बन्धमा गलत व्याख्या गरी बिमा बिक्री गरेका विशेष गरी Premier Finance Alliance(PFA) पीएफए का दलालहरु लामो समयसम्म समुदायबाट टाडा हुँदै आएका थिए । छलफलमा समेत बिमाका बिषयमाभन्दा व्यक्तिगत कुरामा जाँदै आफूहरुले बिमाका विषयमा आएको हल्लापछि बिमा क्रेताहरुलाई सकेसम्म एक एक गर्दै भेट्ने प्रयास गरेको भए पनि अझै राम्रोसँग बुझाउन नसकेको आगामी दिनमा आफूहरु बिमा किन्नेहरुमाझ पुगेर बिमाका बारेमा थप कुरा बुझाउन प्रयत्न गर्ने जानकारी बिमा दलाल अनुभव गिरीले गराएका थिए । यसैगरी आफूहरुले जसरी बिमा बिक्री वितरण गरिरहेका छौं सो नराम्रो नभएको भन्दै अर्का विमा दलाल प्रदीप ढकालले बिमाका विषयमा प्रष्ट्याउने जमर्को गरेका भएपनि उनले राखेका कुराको प्रतिप्रश्न गर्दा ढकाल निरुत्तर बनेका थिए ।
कतिपय पत्रकारहरु तथाकथित हुन् जसले यो बिमालाई जान्दै नजानी समाचार तयार गरेका छन् भन्दै आफूले गरेको दलाली कार्य ठिक भएको भन्दै ढकालले पत्रकारहरुलाई समेत उपदेश दिनसमेत भ्याएका थिए ।
उपस्थित धेरै जना बिमा क्रेताले जीवन बिमासम्बन्धमा भिडियो र अनलाइनहरुमा समाचार आउन थालेपछि आफूहरु ठगिएको भन्दै बिमा रकम तिर्न छाडेको यसको समाधान कसरी गर्न सकिन्छ भन्दै प्रश्नहरु राखेको थिए । केही उपस्थिति बिमा क्रेताले भने बिमा जोसँग किनिएको हो उनै दलाललाई बोलाएर सोधेको कुरा र जीबन बिमाको मुख्य कार्यालयमा फोन गरेर सोद्दा कुरा नमिलेपछि अहिलेसम्म आफूले बालुवामा पानी हालेको रहेंछु भन्दै आफूले एक वर्षभन्दा बढी समयदेखि तिरिरहेको बिमा रद्द गर्दै चुपचाप बसेको सुनाउनुभएको थियो ।
छलफलमा सहभागीहरुलाई बिमा दलालहरुमध्येका अनुभव गिरीले आफू यही समाजलाई राम्रो होस् भन्ने मनसायले बिगत पाँच वर्षदेखि बिमा दलाली कार्यमा सम्लग्न हुँदै आएको बताउँदै आफू कसैसँग भिड्न नआएको भिड्ने नै भए बाहिरबाट मान्छे बोलाउँ भनेपछि उपस्थिति समुदायका व्यक्तिहरुले रोष प्रकट गर्दै हामीलाई के भन्न खोजेको हो के हामीलाई यसरी मान्छे बोलाएर पिट्ने धम्की दिने भन्दै चर्काचर्की परेपछि नेजाका कार्यक्रम संचालकहरुले गिरीलाई संयमित भएर आफ्ना कुरा राख्न आग्रह गर्नुपरेको र सहभागी सामु गिरीले माफी मागेपछि फेरी कार्यक्रम सुचारु भएको थियो ।
छलफलमा भाग लिनका लागि पीएफएका दलाल (एजेन्ट) हरु क्रमशः गोविन्द गिरी प्रेरणा, अनुभव गिरी, प्रदिप ढकाल, मुना भण्डारी, डोब ढकाल, कविन्द्र सिटौला, हेलिकन सिटौला, चन्द्र बिष्ट अविरल, राजेन्द्र खनाल, दिवाकर ज्ञवाली, विष्णु गुरुङ र नन्दलाल उपाध्यायको उपस्थिति रहेको थियो ।
अमेरिकाका बिभिन्न राज्य गरी लभग ४ हजारभन्दा बढी नेपाली भाषीहरु यो बिमाबाट ठगिइसकेको आफूलाई महससु गर्न थालेका छन् ।
यसैगरी कार्यक्रममा नेपाली समुदायमा बिमासम्बन्धमा चासो राख्ने र बिमा किन्ने व्यक्तिहरु बाबुराम अधिकारी, रामचन्द्र भट्टराई, गोपि उप्रेती, सुरेन्द्र पराजुली, अनिल खनाल, रामप्रसाद बस्याल, सबिना खनाल, सुजित अर्याल, रामचन्द्र खरेल, नारायण शर्मा, बिना घर्तीमगर, मना थापा, भूपनारायण घर्तिमगर, विकास अधिकारी, गोपाल रेग्मी, रामप्रसाद खनाल, तिर्थराज खनाल, गुणराज लुइँटेल, केशब बराल, विप्पलव खड्का, चन्द्र बराल, दिपेन्द्र लामिछाने, सागर कँडेल, रामजी पहारी, सुशील न्यौपाने, कृष्ण गेलाल, कृष्ण शर्मा, कमल भट्टराई, मधुसुधन पन्थी, मंजु विमली, कृष्ण धराबासी, मंजु ढकाल, यसोदा भण्डारी, परशुराम भण्डारी, शौरभ भण्डारी, कल्पना देवकोटा, पवन खनाल, संझना नेपाल, गौतम दाहाल, लेखनाथ भण्डारी, गिरीश पोखरेल, विश्व थापा, केशर कार्की, ध्रुव गिरी, माधवी बस्नेत, डिल्ली कार्की र परशु तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका एक संचालक तथा नेजाका अध्यक्ष गौतम दाहालले दलाल र समुदायबीच आइपरेको समस्याका बारेमा छलफल शुरुआत भएको छ यस्ता छलफलबाट समुदायले भविष्यमा समेत लाभ लिन सक्ने आशा आफूले राखेको भन्दै छलफलमा भाग लिन आइदिने समुदाय र बिमा दलालहरुलाई समेत धन्यवाद दिनुभएको थियो
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।