काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
'मिलिजुली सरकारको जटिलता आफ्नै पार्टीभित्र बुझिएन'
काठमाडौँ- एकपछि अर्को अनेकन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले कतिपयले सोच्दै नसोचेको काम गरेर देखाउने दाबी गर्नुभएको छ ।
नेपालको आफ्नै पानी जहाज, घरघरमा पाइपबाट ग्यास, नेपालमै पेट्रोलियम पदार्थ उत्खनन तथा रेललगायतका योजना सुनाएर विवाद र चर्चामा रहेका प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले त्यस्ता काम गरेर छाड्ने अठोट गर्नुभएको हो ।
सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका अवसरमा प्रधानमन्त्रीले आफ्नो सरकारले कर्मचारीको तलब बढाएर जिउँदो सरकारको अनुभूति दिलएका बताउनुभयो ।
उहाँले १५ वटा पार्टीलाई साथमा लिएर काम गर्न केही कठिन भएको बताउनुभयो । मिलिजुली सरकार चलाउँदाको जटिलता आफ्नै पार्टीभित्र नबुझेको आरोप पनि प्रधानमन्त्री ओलीले लगाउनुभयो । उहाँले २०७४ भदौसम्म तुइन विस्थापन गर्ने गरी काम अघि बढेको दाबी गर्नुभयो ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।