काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
काठमाडौं- दशरथ रङ्गशालामा मध्याह्न सुरु हुने नयाँ शक्ति नेपालको उद्घाटन अघि राजधानीका चार स्थानबाट पदयात्रा सुरु भएको छ ।
कालीमाटी, रत्नपार्क, बबरमहल र कुपण्डोलबाट सुरु भएको पदयात्रा दशरथ रङ्गशालामा प्रवेश गरी सभामा परिणत हुनेछ । पदयात्रालाई सवारीसाधनलाई अवरोध नगर्ने गरी व्यवस्था मिलाइएको नयाँ शक्ति निकटको नेपाल प्रेस सोसाइटीका केन्द्रीय संयोजक रुद्र भट्टले राससलाई जानकारी दिनुभयो ।
आजको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता तथा व्यवस्थापिका –संसद्का सबै सांसदलाई निम्ता गरिएको छ ।
‘उदघाटन समारोह फरक शैलीमा सञ्चालन गरिनेछ, खस आर्यका तर्फबाट नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले सभापतित्व, मधेसबाट रामचन्द्र झाले स्वागत, कार्यक्रमको सञ्चालन महिलाका तर्फबाट नायिका करिश्मा मानन्धर र जनजातिका तर्फबाट पासाङ शेर्पाले संयुक्त रुपमा गर्नुहुनेछ,’–उहाँले भन्नुभयो ।
उदघाटनपछि सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा छलफल सत्र गरिने र त्यसले पार्टीको नीति तथा कार्यक्रम र थप पदाधिकारीको टुङ्गो लगाउने प्रवक्ता देवकोटाले बताउनुभयो ।
पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ उपसमिति गठन गरिएको छ । घोषणा समारोहमा ७५ जिल्लाका प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने बताइएको छ ।
घोषणासभामा नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको पार्टीले जनाएको छ । शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप बर्मा लगायत काठमाडौँ आइपुगेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
‘अबको निकास आर्थिक विकास’ भन्ने नारासहित एक लाखभन्दा बढी संस्थापक सदस्यले आज एकै पटक सामूहिक सपथ ग्रहण गर्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।