काठमाडौँ: शून्य संख्यामा झरेको कोभिड -१९ का संक्रमित पुनः बढ्न थालेका छन्। पछिल्लो एक हप्तायता मात्रै काठमाडौँ उपत्यकामा दर्जनभन्दा ब...
काठमाडौं - आज जुन १२ अर्थात विश्व रक्तदाता दिवस “हामी सबैजना रगतसँग जोडिराछौं” भन्ने मूल नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ।
नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार कार्यालयले जनाए अनुसार नेपालमा बार्षिक ३ लाख १५ हजार युनिट रगत खपत हुने र काठमाडौं उपत्यकामा मात्र दैनिक ४ सय युनिट रगत आवश्यक पर्छ।
चिकित्सकका अनुसार मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ रगतमा प्लाज्मा ५४.३ प्रतिशत रातो रक्तकोषिका ४५ प्रतिशत र सेतो रक्तकोषिका ०.७ प्रतिशत रहेको हुन्छ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा सन्२००४ देखि संसारभर यो दिवस मनाउने गरिएको छ। ए, बी र ओ रक्त समूह पत्ता लगाई चिकित्सा विज्ञानको क्षेत्रमा नोबल पुरस्कार विजेता डा. कार्ल ल्यान्डस्टिनर जन्मदिन पारेर रक्तदानको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ यो दिवस मानाउने गरिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।