समाज

असहाय तथा सडक बालबालिकालाई सहयोग जुटाउन पशुपतिमा महायज्ञ

असार १, २०७३

    काठमाडौं : असहाय, विपन्न तथा सडक बालबालिकाको सहयोगार्थ पशुपतिनाथस्थित माधवराज सुमार्गी भवनमा श्रीमद् भागवत महायज्ञ सञ्चालन भएको छ। बिहान ९ बजे पशुपति परिसरमा कलशयात्रा सहित सुरु भएको महायज्ञ असार ७ गतेसम्म सञ्चालन हुने छ। पण्डित दिनबन्धु पोखरेल प्रमुख वाचक रहेको श्रीमद् भागवत महायज्ञ बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ।

    महायज्ञको उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनाली, पण्डित दिनबन्धु पोखरेल र बौद्ध धर्म गुरु कर्मा ग्याङचे लामाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो।  

    उपप्रधानमन्त्री मैनालीले असहाय, विपन्न तथा सडक बालबालिकाको क्षेत्रमा बाल सारथीले १२ वर्षदेखि उदाहरणीय काम गर्दै आएको बताउनुभयो।  असहाय बालबालिकाको नाममा कतिपय विदेशी संघसस्थाले प्रभोलनमा पारी धर्म परिर्वतन गराइरहेको बेला नेपालीहरुले उदाहारणीय काम गरेकोमा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो। 

    कार्यक्रममा उद्योगपति तथा समाजसेवी अजेयराज सुमार्गीले असहाय बालबालिकाहरुको लागि पशुपति क्षेत्र वरपर सरकारले जग्गा दिएमा यस्ता बालबालिकाको लागि भवन बनाउने बताउनुभयो। 

    विगत १२ वर्षदेखि विपन्न, असहाय तथा सडक बालबालिकाको शिक्षा, स्वास्थ्य र पालनपोषणमा संलग्न बाल सारथीमा हाल दुई सय बालबालिका आश्रित छन्।गत वर्ष गएको भूकम्पले बालबालिका आश्रित बाल सारथीको भवनमा क्षति भएपछि एउटै कोठामा दुईवटा कक्षा सञ्चालन भैरहेको छ। 

    महायज्ञमा समाजसेवी तथा उद्योगपति अजेयराज सुमार्गी र अस्मिता सुमार्गीलाई सम्मान गरिएको थियो। 


ग्यालरी

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]