राजनीति

एमालेको बल्खुस्थित पुरानो कार्यालय भवन भत्काउन सुरु

असार ३, २०७३

    काठमाडौं : भूकम्पले क्षतिग्रस्त बल्खुस्थित कार्यालय भवन नेकपा एमालेले भत्काउन थालेको छ।

    पार्टी कार्यालयका कर्मचारी नारायण अर्यालका अनुसार १० जना मजदुरले हिजोदेखि कार्यालय भवन भत्काउन थालेका छन्।

    “मजदुरले चौथो तल्लाबाट भत्काउन सुरु गरेका छन्”, उहाँले भन्नुभयो, “आज चौथो तल्लामा रहेको गजुर भत्काउने काम भयो।” स्थानीय ठेकेदार रामबहादुर श्रेष्ठले बोलकबोलमार्फत ३१ लाख रुपैयाँमा पार्टी कार्यालय भत्काउने जिम्मा पाएका छन्। 

    पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले ३ महिनाभित्र भत्काइसकिने बताउनुभयो। श्रेष्ठका अनुसार भत्काउनेले भवनमा रहेको चाइनिज इँट्टा, मूल गेट, काठका सामग्री, ग्रिल, इलेक्ट्रोनिक, झ्याल ढोकालगायत भवनभित्र रहेका सबै सामान लैजाने भएका छन्। 

    २०७२ वैशाख १२ र २९ गतेको भूकम्पका कारण एमालेको तत्कालीन बल्खुस्थित केन्द्रीय कार्यालयमा क्षति पुगेको थियो। भूकम्पबाट क्षति पुगेपछि एमाले मुख्यालय धुम्बाराहीमा २०७२ साउन २३ गते सरेको हो। अहिले पुरानो कार्यालयको परिसरमा सम्पर्क समन्वय कमिटी, पार्टीको मुखपत्र नवयुगको वितरण शाखा र नवयुग छापाखाना मात्र रहेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]