समाज

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड नौ घन्टापछि खुल्यो

असार ४, २०७३

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा शनिबार बिहान खसेको पहिरोका कारण नौ घन्टा अवरुद्ध सडक दिउँसो ३:४५ बजेबाट दुईतर्फी सञ्चालनमा आएको छ। 

    चन्डिभञ्ज्याङ गाविस–५ स्थित चारकिलो भन्ने ठाउँमा सडक माथिबाट झन्डै २०० मिटर फराकिलो पहिरो झरेपछि बिहान ७ बजेदेखि सडक अवरुद्ध बनेको थियो। 

    शुक्रबार साँझ ७ बजे पनि सोही स्थानमा खसेको पहिरो राति ११ बजे पन्छाएपछि यातायात सञ्चालन भएको थियो। 

    मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार आज दिनभर दुईवटा लोडर र एउटा स्काभेटरले पहिरो पन्छाएको हो। पहिरो पन्छाउँदै जाने र खस्दै जाने समस्याका कारण सडक जोखिममा परेपछि मुग्लिन र नारायणगढतर्फ सुरक्षित ठाउँमा सवारी साधन रोकिएको थियो। 

    पहिरोसँगै दुई वटा रुख खसिसकेका छन् भने एउटा रुख र पहिरो खस्ने जोखिममा रहेकाले जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने खतरा भने कायमै रहेको उनले बताए। पहिरो ७० मिटरमाथि डाँडाबाट झरेको थियो। 

    सडक विस्तार कार्य भइरहेकाले सामान्य वर्षासँगै पहिरो खस्ने हुँदा सवारी साधन र यात्रुले कष्ट व्यहोर्दै आएका छन्। सडक बन्द भएसँगै पहिरोस्थलबाट झन्डै १४ किमी लामो सवारीको लाइन लागेको छ। मुग्लिनतर्फ फिस्लिङसम्म र नारायणगढतर्फ गाईघाटसम्म सवारीको लाम लागेको इञ्जिनियर खनालले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]