दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान शहरमा सोमबार राति एउटा जहाज पुलसँग ठोक्किँदा चार जना बेपत्ता भएको शहरको आपत्कालीन व्यवस्थापन विभा...
ब्रासिलिया- ब्राजिलमा सन् २०१६ मा स्वाइन फ्लूबाट कम्तीमा पनि ८८६ नागरिकको ज्यान गएको छ ।
यो वर्षलागेपछि नै यस प्रकोप फैलिएको स्वास्थ्य अधिकारीहरुले जनाएका थिए । उनीहरुका अनुसार यस सङ्क्रमणबाट यति छोटो समयमै त्यति धेरै नागरिक मारिएका बताइएको छ ।
प्रतिवेदनले चार हजार ५८१ जनामा यस सङ्क्रमणको प्रकोप देखिइएको पनि जनाएको छ । यो स्वासप्रस्वासमा हुने रोग हो ।
यस्तै प्रकारको तर स्वासप्रस्वासको अर्को रुपका कारण पनि सन् २०१६ मा नै त्यहाँ अरु ९३ जनाको ज्यान गएको पनि प्राप्त सो रिपोर्टले जनाएको छ ।
यो दक्षिण अमेरिकी देशमा गएको सातामात्र पनि ६ सयभन्दा बढी यस प्रकोपका विरामी भर्ना भएका छन् । यसको संक्रमण दर निकै बढ्दै गएकोले सबैतर्फ सतर्कता अपनाइएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सबैतर्फ ध्यानाकर्षण पनि गराएको समाचारमा जनाइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।