काठमाडौँ : सत्ता साझेदार दलहरूबाट ‘अपमानित भइयो’ भन्ने नेकपा एकीकृत समाजवादीको गुनासो नयाँ होइन। २०७९ मंसिरमा सम्...
काठमाडौं : अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी अहमदजाइले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी आत्मघाती आतङ्ककारी हमलामा नेपालीहरुले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गरेका छन्।
कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले यस दुःखद् घटनाबाट सबै शान्तिप्रेमी नेपालीहरु स्तब्ध र मर्माहत भएको बताउँदै अफगानिस्तान सरकारले त्यहाँ रहेका नेपालीहरुको उचित सुरक्षाका लागि आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरिन्।
उनले नेपालले सबै प्रकार र स्वरुपका आतङ्कवादको कडा भत्र्सना गर्दै आएको र यस निन्दनीय आतङ्ककारी हमलाको कडा भत्र्सना गर्दै आतङ्कवादविरुद्धको विश्वव्यापी लडाइँमा नेपाल र अफगानिस्तानबीच सहकार्य जारी रहने बताइन्।
टेलिफोन संवादमा यस प्रकारको सङ्कटको सामना गर्न नेपाल सरकार अफगानिस्तान सरकारसँग हरदम साथ रहने बताउँदै राष्ट्रपति भण्डारीले वर्तमान सङ्कटबाट पार पाउन र आतङ्कवादमाथि विजय प्राप्त गर्न अफगानिस्तान सरकारलाई सफलता मिलोस भन्ने कामनासमेत गरिन्।
टेलिफोनका क्रममा अफगान राष्ट्रपति घानीले हमलामा परेर निधन भएकाको शव नेपाल पठाउन पूर्ण सहयोग गरिने र घाइतेहरुको उपचारका लागि आफ्नो सरकारले प्राथमिकता दिएको बताए।
सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी १२ नेपालीको निधन भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।