सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
बैतडी : बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका एक बालक विगत छ दिनदेखि बेपत्ता भएका छन्।
“जेठ ३ गते शुक्रबार बिहान घरबाट स्कुल जान्छु भनी हिँडेको थियो,” उनले भने, “अहिलेसम्म सम्पर्कमा आएको छैन, आफन्त, नातागोतालगायत सबैतिर खोजी गर्यौं तर केही पत्तो लागेन।”
बेपत्ता छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बैतडीमा निवेदन दिएपनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको समेत उनले बताए।
बेपत्ता छोराको खोजी गरिदिन हर्कबहादुरले सबैसँग आग्रह गरेका छन्। गहुँगोरो वर्ण, ५ फिट उचाइ, खैरो कपाल भएका, रातो हाप टिसर्ट र जिन्स पाइन्ट, चप्पल लगाएको बालकको हुलिया रहेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बेपत्ता बालकको हुलियासहित खोजी जारी राखेको बताए।
बैतडी जिल्ला भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सिमानाका झुलाघाटलगायतका अन्य क्षेत्रका सबै प्रहरी चौकीलाई खबर गरी बेपत्ता बालकको खोजी गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।