काठमाडौँ : म्यान्माको सरकारले नेतृ आङ सान सुकीलाई गम्भीर स्वास्थ्यका कारण देखाउँदै जेलबाट घरमै नजरबन्दमा सारिएको जनाएको छ। यतिखेर न...
अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन तर्फका उम्मेदवार डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई अमेरिकाको इतिहासकै सबैभन्दा भ्रष्ट उम्मेदवार भएको आरोप लगाएका छन्।
ट्रम्पले हिलारीको विदेश मन्त्री हुँदाको इमेल प्रयोगको विषयलाई लिएर उनलाई “विश्व स्तरकै झुटो” भएको बताएका छन्। ट्रम्पले नोभेम्बर महिनामा हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नी प्रतिस्पर्धी हिलारीलाई अमेरिकी विदेश मन्त्री रहदाँ व्यक्तिगत फाइदाका लागि राजनीति गरेकोसमेत आरोप लगाएका छन्।
न्यूयोर्क सिटीमा बुधबार दिएको भाषणमा ट्रम्पले आफूले अमेरिकी जनतालाई धनी बनाउने तर हिलारीले “जनतालाई गरिब बनाएर आफू धनी भएको” समेत बताए।
आफ्ना प्रतिस्पर्धीकाबारे व्यक्तिगत टिका टिप्पणी गर्ने ट्रम्पको हिलारी क्लिन्टनमाथि फेरि गम्भीर आरोप लगाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।