काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। निजी क्षेत्रलाई विश्वासमा नलिएसम्...
काठमाडौं : धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ। यस साताको कारोवारको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ११.६९ अंकले वृद्धि भएर एक हजार २५६.५३ विन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ विन्दुले बढेर २६६.९३ विन्दुमा पुगेको छ। नेप्से परिसूचक मात्रै नभर्इ कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ। आइतबार कूल १६६ कम्पनीको ३० लाख १६ हजार ४३९ कित्ता शेयर रु ८९ करोड ७८ लाख ९६ हजार ५०८ मूल्यमा खरिद बिक्री भएको छ।
आइतबार सबै उपसमूहको शेयरमा वृद्धि भएको छ। बैंकिङ १३.७१, होटल ४.३५, विकास बैंक २०.८९, जलविद्युत् ६.५४, फाइनान्स ३.११, निर्जीवन बिमा २०.१८, उत्पादन २६.५१, अन्य ०.५४, माइक्रोफाइनान्स ८.३१ र जीवन बिमा ४८.५ विन्दुले वृद्धि भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।